आकाशदीपको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन

काठमाडौँ – गोकर्णेश्वर  नगरपालिका वडा नम्वर ७ दक्षिणढोकामा रहेको आकाशदीप सेकेन्डरी  स्कुलले १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस  कार्यक्रम सम्पन्न गरेको छ ।

फागुन ११ गते शनिबार विशेष समारोहका विच वार्षिकोत्सव तथा अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।आकाशदिप सेकेन्डरी  स्कुलको ब्यबस्थापन  समितीका अध्यक्ष तथा संस्थापक संगिता केसि को सभापतित्वमा सम्पन्न भएको थियो ।  रास्टिय खेलकुद  परिषदका उपाध्यक्ष पिताम्बर शर्माको   प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा गोकर्णेश्वर  नगरपालिकाकाका  उपमेयर शान्ती नेपाल राजनीति सल्लाहकार दिपक रिसाल, शिक्षा शाखा प्रमुख  नारायणकाजी काशिछवा,  प्याब्सन नेपालका उपमहासचिव  कुमार घिमिरे, नगरपालिका वडा नम्वर ७ का वडाअध्यक्ष बालकृष्ण केशव गुरुङ , वडा नम्बर ५ का अध्यक्ष नारायण सुवेदी,   प्याब्सन काठमाडौका अध्यक्ष हरिकृष्ण श्रेष्ठ,  पुर्व गभर्नर लाइन्स क्लब काठमाडौ जोरपाटिका कुमार सुवेदी  ,  आकाशदीप स्कुलको प्रिन्सिपल मदन सुवेदी , रास्टिय सहिद पार्क जगडोलका अध्यक्ष शुदर्शन सिग्देल हिसान काठमाडौका सचिब भवानीप्रसाद पौडेल, नगरपालिका  शिक्षा अधिकृत तारापती खनाल , आकाशदीप  माध्यमिक बिद्यालयका सल्लाहकार रामकृष्ण  अधिकारी , सिवाइएन नेपालका कार्यकारी निर्देशक  सबित शर्मा ,इस्टपोल माबी का प्रिन्सिपल राजेश राई , स्थानिय समाजसेवी लिला बहादुर  गुरुङ , अभिभावक हरुको प्रतिनिधित्व गर्दै राज खड्का  लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका भाइस चियरमेन  शोभा केसि ले आफ्नो स्वागत मन्तव्य मार्फत उपस्थित सम्पुर्णलाई धन्यवाद एवं स्वागत व्यक्त गर्दै विद्यालयले गरेका गतिविधि तथा आगामी योजना बारे थप प्रकाश पारेकि  थिइन ।

कार्यक्रममा नर्सरी देखि १० सम्मका विद्यार्थीले नित्य र विभिन्न कला प्रस्तुत गरेका थिए ।  साथै कार्यक्रममा विभिन्न विधामा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

यस्तै स्कुलसंग सहयोगी भुमिका निर्वाह गर्ने अभिभावकहरुलाई समेत उक्त अवसरमा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विभिन्न बक्ताहरुले आकाशदिप स्कुलले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *