मेलम्चीलाई पर्यटकीय नगरी बनाउछौँ : मेयर अर्याल

मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर अर्यालसँग ग्लोबल खबर डट कमले गरेको कुराकानीको सम्पादित अंश–

चुनावी माहोलमा दिनुभएको बिकासका योजना कति पुरा भए कति पुरा हुने तयारिमा छ्न ?

जब मेयर निर्वाचित भएर आए हामिले पहिलो बर्षमा ६२ करोडको योजना बनायौँ । सबैभन्दा पहिलो कुरो मेलम्ची नगरपालिका भित्रको सतप्रतिशत घर भुकम्पले भत्किएका थिए । घर निर्माणमा सामान ढुवानीमा सहजताका निम्ती सबै बस्तीमा सडक को स्तरउन्नतिमा धेरै खर्च गर्यौ । अहिले घर निर्माण ९० प्रतिशत पुरा भैसकेको छ । अब यो बर्ष सतप्रतिशत घर निर्माण सम्पन्न गर्न लागिपरेका छौ ।

नितिगत कुरा गर्दा नगरपालिका भित्र १३ वडा छ्न। नगरपालिका र वडा कार्यालय जोड्ने १३ वटा सडक छ्न । ति सडकको स्तरउन्नति गर्ने योजना थियो । गत साल ४ वटा वडामा बार्है महिना गाडि गुड्न सक्ने गरि सडकको स्तरउन्नति गरेका छौँ । यो बर्ष ४ वटा वडा थपेर ति सडकमा बार्है महिना गाडि गुड्न सक्ने बनाउछौँ ।

अर्कोतिर स्वास्थ चौकीका भवन निर्माण गर्ने योजना थिए । केहि निर्माण सप्पन्न भैसकेका छ्न । अहिले हामी कहिँ पनि स्वास्थ चौकी भाडामा छैनौं । १३ वटा वडा मध्य दुइटा सहरी स्वास्थ क्लिनिक छ,एउटा प्राथमिक स्वास्थ केन्द्र छ । ति सबै आफ्नै भवनमा संन्चालन गरेका छौ । सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरा खानका निम्ति ३ महिना सम्म हजार हजार भत्ता दिने कार्यक्रम अगाडी बढाएका छौँ । संघले जति पैसा औसधि खरिदमा रकम उपलब्ध गराउछ त्यसमा नगरपालिकाले १ करोड थपेर खर्च गर्ने गरेका छौँ ।

शिक्षा क्षेत्रमा डेढ करोड छुट्याएका छौँ यो रकम शिक्षकलाइ तालिम केन्द्र सरकार र नगरपालिकाको योजनामा शिक्षा लाइ प्रभाबकारी बनाउन खर्चगर्ने छौ । साथै नमुना बिद्यालय कार्यक्रम पनि राखेका छौँ । विद्यालय ८० प्रतिशत निर्माण सम्पन्न गरिसकेका छौ । बाकी यो बर्ष सक्छौ । नगरपालिकामा आधाभुत र माद्यामिक गरि ७० विद्यालय छ्न । शिक्षा समिति को बैठक बसि कम विद्यार्थी भएको विद्यालय मर्च गर्ने छौ । भने दरबन्दी अपुगमा थप्ने र मेलान गर्नेछौं ।

साथसाथै कृषि बिकास कोष बनाएका छौँ । तरकारी खेतिमा अनुदान दिएका छौ । विभिन्न वडामा सामुहिक , ब्यक्तिगत हिसाबले काम अगाडि बढी रहेको छ । कृषिमा आधुनिकरणका निम्ती ट्याक्टर , कोदो चुट्ने मेसिन , मकै छोडाउने मेसिन बाढिरहेका छौँ ।

पर्यटन बिकास कोष पनि बनाएका छौँ । पर्यटन बिकास कोषमा डेढ करोड छुट्याएका छौँ । पर्यटन प्रबर्द्धनमा पदमार्ग बनाउछौ । हैबुङको गुरुङ गाउँ , पाटी भञ्ज्याङ् , धौले , धुसेनिचौर र गुफाडाडामा होम स्टेय बनाउछौ ।

नयाँ कुरा चाही मेलम्ची देखी सिपाघाटसम्म जहाँ इन्दावती नदि बग्छ । इन्द्रावती को दायाँबायाँ उग्रेको जग्गा नाप्न सुरु गरेका छौँ । नापिसकेपछी जहाँ जग्गाको उपयोगिता छ , त्यसलाइ भाडामा दिने प्रोग्राम सुरु गरेका छौँ । जग्गा लिजमा दिएर झन्डै ३२ लाख नगरपालिकाले आर्जन गरिसकेको छ ।
इन्द्रावती करिडोर बनाउने योजना छ । त्यसको डिपिआर गरिरहेका छौ । यि सम्पुर्ण काम सम्पन्न भैसक्दा आशा लाग्दो स्थितमा जादै छौ भन्ने म बिश्वास गर्दछु ।

नगरपालिकाको अन्य विकासका गतिविधि के छन्?

थोरै श्रोत र साधनले धेरै विकास गर्ने हाम्रो मुल ध्येय हो । स्थानीय सरकार अन्र्तगत धेरै ऐन कानुन बनिसकेका छन । हामी हरित स्मार्ट नगर बनाउने कुनेै कसर नराखि काम गरिरहेका छौं । अझ प्राकृतिक रुपमा पनि अत्यन्तै धनि छौं । परिचालन र उपयोग हाम्रो दायित्व नै हो । इन्द्रावती र मेलम्ची नदीलाई जलाधार क्षेत्रका रुपमा विकास गर्न काम अगाडि बढिरहेकै छ । हिमाल, पहाडको मूल्य बढाई पर्यटन विकास गर्नु आजको आवश्यकता हो । वन, बनस्पति तथा बन्यजन्तुहरु, सिचाइ, कृषि उद्योग, व्यवसायबाट आर्थिक उन्नति गर्ने कार्यक्रमहरु हामीले ल्याइरहेका छौं ।

त्यसैगरी खानेपानी सरसफाईका कार्यक्रमहरु अगाडी बढेका छन् । नगरपालिको भवन निर्माण सम्पन्न हुने क्रममा छ । सूचना तथा संञ्चारका क्षेत्रमा पनि हामी विभिन्न माध्यम मार्फत सेवा प्रदान गरिरहेका छौं । स्वास्थ्य, शिक्षा, सामुदायिक संस्थाहरुको विकासमा विषयगत समिति मार्फत कार्यक्रमहरु अगाडि बढिरहेकै छ ।

नदि दोहन अत्याधिक भएको छ यसलाइ रोक्न पहल गर्नुभएन भन्ने आरोप छ नि ?

अब यसलाइ सतप्रतिशत रोक्न सक्छौ भन्ने होइन । पहिला नै संघीय सरकारले क्रसर संन्चालन गर्न स्वीकृति दिएको छ । त्यसबेला बनेका जतिपनि मापदण्ड छ्न ति ब्यबहारिक छैनन् । जति बेला सम्म अर्को ब्यबहारिक मापदण्ड बन्दैन त्यतिबेला सम्म नियन्त्रण गर्न सक्छौं भन्ने लाग्दैन । छिट्टै सिन्धुपाल्चोकका सबै पालिका र जिल्ला समन्वय समितिको बैठक बसि निति बनाउछौ । र त्यो निति अनुसार नदि दोहन नियन्त्रणमा अगाडि बड्छौ ।

गिटी बालुवा तस्करीमा , नदि दोहनमा नेताहरुकै संरक्षण छ भनिन्छ खास के हो ?

अब नेताहरुकै संरक्षण छ भन्ने कुरा त म बिश्वास गर्दिन । तर पनि आर्थिक चलखेल जहाँ धेरै हुन्छ त्यहाँ विभिन्न किसिमका मान्छेहरु देखिदा रहेछ्न । प्रत्यक्ष कसको के कस्तो संमलग्नता छ त्यो भन्न सक्ने स्तिथिमा हामी छैनौं ।

मेलम्ची नगरपालिकामा आम्दानी र राजश्वका श्रोतहरुको अबस्था के के छन् ?

मेलम्ची नगरपालिकामा आम्दानी र राजस्वका श्रोतहरु भनेको प्रदेश र केन्द्रीय सरकारबाट आएका अनुदान, निःशर्त, सर्शत बजेट हो भने वडा कार्यलयबाट आउने मालपोत, पन्जिकरण, सेवाशुल्क हुन् । त्यस्तै नगर पालिकाबाट नक्सा पास, सेवाशुल्क दस्तुर, ढुङा, गिटी, वालुवा, प्रभावित क्षेत्र अन्तर्गत क्रसर उद्योगबाट लिइने रकम, मालपोत, व्यवसाय दर्ता तथा नबिकरण, दण्ड जरिवाना, संघसंस्था कार्यक्रम स्वीकृत लगायत हो । दहत्तरवहत्तरका सार्वजनिक जग्गाको खोज गर्र्दै आम्दानीको श्रोतका रुपमा अगाडी बढ्ने छ ।

करको दायराको बिषयमा जनताले अलि गुनासो गरिरहेका छ्न नि ?

प्रत्येक मान्छेले तिर्ने कर भनेको जमिन र घरको हो। जति बेला जग्गा बेच्नु पर्छ त्यतिबेला मात्रै ट्याक्स तिर्न जान्छ्न । हामी सजिलै ट्याक्स तिर्दैनौ जतिबेला अप्ठ्यारो पर्छ त्यतिबेला मात्रै तिर्छौ । बिवाहा , जन्म दर्ताको ट्याक्स तिर्नुपर्दैन । यि दर्ता ३५ दिन भित्र गर्ने कुरा हो । यो अबधि भित्र दर्ता नगरेको खण्डमा जरिवाना लाग्छ । त्यही जरिवानालाइ मान्छेहरुले ट्याक्स भन्ने बुझ्ने गर्छ्न । तसर्थ जनताले टयाक्स तिर्न सक्ने स्थितिमा छ्न जस्तो मलाइ लाग्दैन ।

अन्त्यमा छुटेका जुन भन्ने पर्ने बिषय भए बताइदिनोस न ?

नगरपालिका लाइ प्रभाबकारी ढंगले अगाडि बढाउन कर्मचारीको अभाव छ । कर्मचारी समायोजनले नगरपालिका सबै कर्मचारी अन्त जाने स्थिति बन्यो भने यो बर्ष को सबै योजना प्रभावित हुन सक्ने स्थितिमा पुग्छौं कि जस्तो लागिरहेको छ । कर्मचारी ब्यबस्थापन छिटो होस भनेर सम्बन्धित मन्त्रालयलाइ भनिरहेका छौँ ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *