पाकिस्तान सुपर लिग : डेब्यु खेलमै सन्दीप लामिछानेको तीन विकेट

काठमाडौँ – दुबईमा सुरु भएको पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगिताको डेब्यु खेलमै नेपाली युवा स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिन सफल भएका छन् ।

लाहोर कलान्दर्सबाट डेब्यु बलिङ गर्दै सन्दीपले विस्फोटक व्याटिङ गरेको मुल्तान सुल्तान्सका तीन विकेट लिन सफल भएका हुन् ।

३.३ ओभर बलिङ गरेका सन्दीपले महँगो सावित भए पनि दुई विकेट लिन सफल भए । ३.३ ओभर बलिङका क्रममा सन्दीपले १२.८५ इकोनोमी राख्दै ४५ रन खर्चिएका थिए ।

विस्फोट ब्याटिङ गर्दै ४१ बलमा ८४ रन बनाएका मुल्तानका जेम्स भिन्सलाई सन्दीपले आफ्नो र टिमकै पहिलो विकेटका रुपमा फखर जमानको हातबाट क्याच आउट गराए ।

सन्दीपले त्यसपछि तेस्रो क्रममा आएका मुल्तानका क्याप्टेन सोयब मल्लिकलाई ८ बलमा १० रन बनाएको अवस्थामा क्याच आउट गराए । यो पटक उनले विएसेको हातबाट मल्लिकलाई क्याच आउट गराउँदै पेभेलियन फर्काए ।

त्यसपछि सन्दीपले ६ बलमा ७ रन बनाएको अवस्थामा आन्द्रे रसेललाई पेभेलियन फर्काए । पहिलो बलमा छक्का हानेका रसेल सन्दीपको तेस्रो बलमा पेभेलियन फर्किए । लाहोरका लागि सन्दीपपछि शाहीन शाह अफ्रिदीले ३ ओभर बलिङ गर्दै १५ रन खर्चिएर १ विकेट लिए ।

सुरुबाटै विस्फोटक बलिङ गरेको मुल्तानका लागि ओपनर जेम्स भिन्सले ४१ बलमा ८४ रनको शानदार पारी खेले । उनले ७ चौका र ६ छक्का पनि हानेका थिए । मुल्तानका लागि अर्का ओपनर उमार सिद्धिकले ३८ बलमा ५३ रनको अर्धसतकीय पारी खेले । सिद्धिकले आफ्नो पारीमा चार चौका र २ छक्का हानेका थिए ।

भिन्सको विस्फोटक व्याटिङ मद्दतमा मुल्तानले ४ विकेटको क्षतिमा पुरै २० ओभर खेल्दै १७४ रनको गतिलो स्कोर खडा गर्न सफल भएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *