पश्चिमी वायुको प्रभावका कारण मेघ गर्जन सहित बर्षा हुने

काठमाडौं – पश्चिमी वायुको प्रभावको कारणले पछिल्लो दिनमा नेपालमा मौसममा बदली भइरहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि आज दिउँसो पश्चिमी, मध्य र पहाडी भूभागमा बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

पछिल्लो समय लगातार पानी पर्नाको कारणबारे उनले भनिन्, “अहिले परेको पानी पश्चिमी वायुको प्रभाव नै हो । यो हेर्दा लगातारजस्तो देखिए पनि त्यस्तो होइन । आज परेको पानी हिजोमात्रै नेपाल प्रवेश गरेको वायुको प्रभाव हो । यो आउने जाने भइरहेको छ ।”

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *