गरिबी विरुद्ध केन्द्रित छौं: प्रधानमन्त्री ओली

काठमाडौं -६९ औं प्रजातन्त्र दिवशका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले  दशकौंदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताएकाछन् ।

प्रधानमन्त्रीले  सरकार समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको बताए ।

“निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरिबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित भएका छौं,” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “हामी आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौं । ”

२००७ सालको प्रजातन्त्र  प्राप्तीको आन्दोलनमा  शाहदत प्राप्त गर्ने सबैमा   प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गरे ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *