नेकपाले तत्काल कार्यदल विघटन नगर्ने

काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संगठनात्मक एकता टुंगो लगाउन गठित ९ सदस्यीय कार्यदल तत्काल विघटन नगर्ने भएको छ । एकताको बाँकी काम टुंग्याउन पुस दोस्रो हप्ता सकिएको स्थायी कमिटीले रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

विधान परिमार्जन, प्रदेश कमिटी हेरफेर, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिट्ब्युरो गठन, केन्द्रीय निकाय र विभागलाई पूर्णता दिन गठित ‘शक्तिशाली कार्यदल’ले दुई महिना व्यतीत गरेर अपूर्ण प्रतिवेदन बुझाएको थियो ।

तर, कार्यदल विघटन गर्दा स्थायी कमिटीको म्यान्डेड अवमूल्यमन हुने ठहर गर्दै कार्यदललाई यथावत् राख्ने र उनीहरूसँग पनि छलफल गरेर एकताको बाँकी काम टुंग्याउने सचिवालयले निष्कर्ष निकालेको हो ।
“कार्यदलले सचिवालयलाई बुझाएको प्रतिवेदन पूर्ण छैन । पूरा काम नगरी कार्यदल विघटन गर्दा एकीकरण झन् अन्यौलमा पर्न सक्छ,” सोमबारको सचिवालयको बैठकपछि झलनाथ खनालले बाह्रखरीसँग सङ्क्षिप्त कुराकानी गर्दै भने, “कार्यदलका सदस्यसमेत बसेर एकता टुंग्याउने तयारी सचिवालयको छ ।”

सचिवालयको अर्को बैठक आगामी ९ गते ९ बजे बस्नेछ । बैठकमा कार्यदलका सदस्यसमेतलाई बोलाइने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *