फोटोमा हेर्नुस् राजधानी काठमाडौ वरिपरि हिउँको रौनक

काठमाडौं – केही दिन यता मौसममा आएको बदलीसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । हिमपातसँगै जनजीवन प्रभावित भएको छ । डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । मनाङ, मुस्ताङ, वाग्लुङ, म्याग्दीमा पनि हिमपात भएको छ ।

हुम्लाको हिल्सा, मुगुको ताल्चा, जुम्लाको खलङ्गा विमानस्थलको धावनमार्गमै बाक्लो हिउँ जमेको छ । हिउँ जमेपछि आज नेपालगञ्जदेखि कुनै पनि उडान हुन सकेको छैन । हिउँ जमेका कारण जुफाल विमानस्थल पनि अवरुद्ध छ । लगातारको हिमपातका कारण धावनमार्गमै बाक्लो हिउँ जमेको छ । विमानस्थल अवरुद्ध भएपछि आन्तरिक उडान ठप्प भएका छन् ।

यता काठमाडौं आसपासका उच्च पहाडि क्षेत्र चन्द्रागिरि, भक्तपुरको नगरकोट तथा कमवानपुरको दामनमा पनि हिमपात भएको छ ।


About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *