चाबहिल-जोरपाटी-साँखु सडकखण्डको जामले सर्वसाधारणलाई सास्ती

काठमाडाैं –  चाबहिल-जोरपाटी-साँखु सडकखण्डको जामले यात्रु मारमा परेका छन्। आज बिहान करिब ८ बजेदेखि भएको सवारी जाम मूलपानीदेखि नारायणटारसम्म पुग्दा यात्रु समस्यामा परे।

बिहान पिक आवरमा भएको जामले विशेषगरी स्कुल/कलेजका विद्यार्थी र साली नदीको दर्शन गर्न हिँडेका यात्रु समस्यामा परेका छन्। बिरामी बोकेको एम्बुलेन्स,विवाहको गाडी, स्कुल र कलेजका बसहरु जाममा फसे।

सडक स्तरोन्नती र साँखुको सालीनदीमा दर्शन गर्न जाने र फर्कने यात्रुको चाँप बढेपछि उक्त सडक खण्डमा जाम बढेको हो ।जोरपाटी-साँखु सडकखण्ड सडक विस्तारको काम समयमै सम्पन्न नहुँदा धुँवा र धूलो र हिलोले स्थानीय हैरानी भएका छन्।

सडक विस्तारको क्रममा चाहिने निमार्ण सामग्रीहरु  सडकको बीच भागमै अलपत्र राखेका छन्।बालुवा र गिट्टी सडकको बीच भागमा राखिदा सवारी नियमित गुड्न सकेका छैनन्।जसले गर्दा यो सडकखण्डमा दिनहुँजसो जाम हुने गर्छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *