नेकपा जुगल गाउँपालिकाले सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम गर्ने

सिन्धुपाल्चोक – “साँस्कृतिक एवं सामाजिक सद्भाव कायम गरौं । सोनाम ल्होछारलाइ राष्ट्रिय पर्वको रूपमा मनाऔ” भन्ने मुल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी जुगल गाउँपालिकाले सोनाम ल्होछारको उपलक्ष्यमा माघ १९ गते जुगल गाउँपालिकाको ढाँडेमा “सोनाम ल्होछार २८५५ साँस्कृतिक कार्यक्रम” आयोजना गर्ने भएको छ ।

उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनको प्रमुख आतिथ्यता रहने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा सिन्धुपाल्चोक प्रतिनिधि सभा १ का सांसद अग्नि प्रसाद सापकोटा लगाएत केन्द्रिय नेताहरुको उपस्थिति रहने छ ।

कार्यक्रममा चेतन सापकोटा मिङ्स लामा लगायत राष्ट्रिय स्तरमा ख्यातिप्राप्त चर्चित कलाकारहरूको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *