युएई विरुद्धको टि-२० सिरिज अन्तिम ओभरमा नेपालको रोमाञ्चक जित

काठमाडौ – युएई विरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । युएईले दिएको एक सय ८ रनका लक्ष्य नेपालले ६ विकेटकाे क्षतिमा १९.३ ओभरमा एक सय ११ रन बनाउँदै पूरा गरेको हो । जितसँग नेपालले श्रृंखला १-१ को बराबरी गरेको छ ।

नेपालका लागि दीपेन्दसिंह ऐरीले सर्वाधिक रनकाे याेगदान गरे ।

नेपालको कप्तान पारस खड्का बिना खाता खोलि आउट भए भने उपकप्तान ज्ञानेन्द्र मल्लले ७ रन बनाए । करण केसीले २० रन बनाउँदा ओपनर प्रदीपसिंह ऐरीले ८ रन बनाए भने  सन्दीप जाेराले १ रनकाे याेगदान गरे ।

यसअघि टस जितेर ब्याटिङमा उत्रिएको युएईले सबै विकेट गुमाइ १९.२ आेभरमा एक सय ७ रन जोडेको थियाे । युएईलाई सस्तैमा रोक्नका लागि नेपालका लागि अविनाश बाेहाेराले ३, सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले समान २/२ विकेट लिएका थिए ।  युएईका एक खेलाडि रन अाउट भए ।

युएईका लागि सिपि रिजवानले सर्वाधिक ४४ रनको योगदान गरे । यस्तै साइमान अनवरले १४ रन र महोम्मद बुटाले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोर अंक छुन सकेनन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *