अखिल भारत नेपाली एकता मंच रायगढ नवि मुम्बईको भेला तथा प्रशिक्षण सम्पन्न

काठमाडौ – अखिल भारत नेपाली एकता मंच रायगढ नवि मुम्बई नगरको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रम खकेन्द्र रावतको अध्यक्षता धनराज देवकोटाको संचालन र एकता मंच का केन्द्रिय सचीव एवम नेकपा युवा नेता सुरेन्द्र देवकर ज्युको प्रमुख अातिथ्य सम्पन्न कार्यक्रममा केन्द्रिय सचिवालय सदस्यहरु दल बहादुर गुरुङ , चन्द्रमणी शर्मा र कृष्ण रावत ज्युको विशेष अातिथ्यता तथा केन्द्रिय सदस्य तारा दयाल केन्द्रिय सदस्य तथा विद्यार्थी नेता कृष्ण सिंह राज्य सदस्य सुरज श्रेष्ठ सहिद परिवार बाट जानकी बिक लगायतको अातिथ्यता रहेकोे थियो ।

नगरका जिम्मेवार नेता तथा कार्यकर्तहरुको ब्यापक उपस्थितिमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अथिती सुरेन्द्र देवकरले संगठनले मुलभुत रुपमा तिन ओटा एजेन्डा मा रहेर प्रवासमा काम गर्दै आएको बताए प्रवासी नेपाली हरु लाइ संगठित गरेर प्रवास मा भोग्दै आएका समस्या हरुको हल गर्ने विधी को बारेमा प्रस्ट गरेका थिए साथै नेपाल बाट अध्ययनरत नेपाली विद्यार्थीहरु लाइ संगठित गर्नुपर्ने मा उनलेे जोड दिएका थिए साथै नेकपा पार्टी को नेतृत्वको सरकार ले जनमुखी काम गर्दै आएको र ती कामहरु केही दिनमा देख्न सकिने भन्दै , सर्वहारा निमुखा वर्गको हित कम्युनिष्ट बाहेक अरुले गर्न नसक्ने ठोकुवा गर्दै अब नेकपा सर्वहारा वर्गलाई शोषणबाट मुक्त गर्ने व्यवस्था समाजवादको यात्रामा निस्केको बताउनु भयो । त्यस्तै अन्य अतिथिहरुले पनि प्रशिक्षण दिएका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *