चिनिया लामा शासनको विरुद्ध बौद्ध क्षेत्रमा विशाल विरोध प्रदर्शन

काठमाडौं – नक्कली रिम्पोछे बनेर बौद्धधर्ममा गैरकानुनी गतिविधि गर्दै आएको भन्दै बौद्धका भूपति लामालाई हटाउन बौद्धबासी र स्थानीय जनप्रतिनिधिहरुले बिहिवार बौद्ध क्षेत्रमा बिशाल बिरोध प्रदर्शन गरेका छन् ।

भूपतिले रिम्पोछे पदबी नागरिकतामा लेखाएर देशविदेशका बौद्धधर्मालम्बीमाझ गलत प्रचार गर्दै ल आर्थिक सहयोग लिने काम गर्दै आएकाले आफुहरुले बाध्य भएर गलत कामको विरुद्ध आन्दोलन गर्नुपरेको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी दिए

बौद्ध बचाउ चिनिया लामा हटाउ संघर्ष समितिको आव्हानमा आन्दोलनमा सहभागी जनप्रतिनिधि, बुद्धिजीवी र सर्वसाधारणले तत्काल नागरिकताबाट रिम्पोछे पद हटाउन र दोस्रो देशको नागरिकता लिने व्यक्तिलाई सार्वजनिक पदमा राख्न नहुने भन्दै हटाउन माग गरेका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *