पारस बने एकदिवसीय क्रीकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी

काठमाडौं – कप्तान पारस खड्काले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका छन् ।

युएईविरुद्धको अन्तिम तथा तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पारसले शतक बनाएका हुन् । योसँगै उनी एक दिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।

५० ओभरको खेलमा भने पारसको यो चौथो शतक हो । उनले ९६ बलमा १०० रन बनाउँदै शतक पूरा गरेका हुन् । शतक बनाउने क्रममा १३ चौका र एक छक्का प्रहार गरे ।

कप्तान पारस खड्काले एक दिवसीयमा यसअघि नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

नेदरल्यान्ड्सलाई दोस्रो खेलमा एक रनले पराजित गर्दै सिरिज १–१ को बराबरीमा टुंग्याउँदा कप्तान पारसले ५१ रन बनाउँदै अर्धशतक प्रहार गरेका थिए । कप्तान पारसले ६९ बलको सामना गर्दै ६ चौका र दुई छक्का प्रहार गरेका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *