नेविसंघ ओखलढुंगाले लागुपदार्थ नियन्त्रणका लागि जिल्लाव्यापी अभियान संचालन गर्ने

काठमाडौ – नेपाल विद्यार्थी संघ ओखलढुंगाको पहिलो बैठकले लागुपदार्थ,धूम्रपान र मध्यपान जस्ता कुराहरुलाई नियन्त्रण गर्नको लागी ओखलढुंगा जिल्ला ब्यापी अभियान संचालन गर्ने निर्णय गरेको छ ।

अहिले युवायुवती आधुनिकताको नाम मा यस्ता कुलतमा लाग्ने गरेकोले यस्लाई नियन्त्रण गर्नु आवश्यक रहेको र अझै विद्यालय जाने विद्यार्थी हरु बिस्तारै यस्ता कुलतहरुमा फस्दै गइरहेकाले यस्तो अभियान अपरिहार्य रहेको जिल्ला सभापति रोशन महताले बताए ।

साथै अहिलेको सरकारको रबैयाको विरुद्ध जस्तोसुकै आन्दोलन गर्न समेत तयार रहेको
सभापति महतराले बताए ।

साथै संगठनले जिल्लाभर रहेको बिधालयहरुमा कस्तो खालको पढाई भएको छ र बिद्यार्थीले पाउनु पर्ने आधारभुत सुबिधाहरु पाएका छ्न कि छैन्न भन्ने कुराको हेक्का राख्न ने .बि .संघ सबै बिधालय सम्म पुग्ने र  शिक्षाको स्त्तर उन्नतिको लागि बिधालयहरुलाई सहयोग गर्ने उनले बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *