चिनियाँ लामा शासन विरुद्ध सशक्त आन्दोलन हुने

काठमाडौ – जहानिया निरङकुश प्रथाको अवशेष चिनिया लामा शासन विरुद्ध अान्दाेलन चर्कने भएको छ श्री वाैद्ध तामाङ कल्याण गुठिकाे संयोजकत्वमा मा ३ नम्बर प्रदेशका प्रदेश सभा सदस्य छिरिङ दाेर्जे लामा ,वडा अध्यक्ष देपेन्द्र लामा, वाैद्ध विकाश समितीका अध्यक्ष राजकुमार लामा, पुर्व-अध्यक्ष सम्पुर्ण कुमार लामा,वुद्धिजिवीहरु नेपालजित लामा तथा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु सम्मिलित बैठकले १३० बर्षिय जाहानिय निरङकुश चिनिया लामा शासन प्रणालीको अन्त्य गरेरै छाड्ने घोषणा गरेका छन ।

बौद्ववाशीहरु ,समग्रमा हामी नेपालीहरु लाेकतान्त्रिक गणतान्त्रिक आजका युगमा अाफुहरु रैती सरह नरहने र साे निरङकुश प्रथाकाे अन्त्यकाे निमित्त ज्यानकाे वाजि दिन समेत तयार हुने उपस्थित सबैले सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त वैठकमा प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य माननीय छिरिङ दाेर्जे लामाले अाफु स्वयम साेहि प्रथावाट पिडित रहेकाे र सदियौ देखि थिचाेमिचाेमा परेकोले त्यसविरुद्धको आन्दोलनमा साथ दिने वताए ।

त्यस्तै वडा अध्यक्ष दिपेद्र लामाले अव अाफु कालाेलाई कालाे र सेतोलाई सेतै भन्ने बताए, आफु आन्दाेलन वाटै जन्मेकाे र समाजले गरेकाे निर्णयमा ,चिनिया जहानिय शाशनकाे विरुद्धको आन्दोलनमा नेतृत्व लिन समेत तयार रहेकाे वताए ।

भेलामा बोल्दै वाैद्ध विकाश समितीका अध्यक्ष राज कुमार लामाले कानुन भन्दामाथी काेही नरहेकाले प्राचिन स्मारक ऎन भुपली लामा माथी लाग्नु पर्ने र सजाय हुनै पर्ने र सम्पदा मास्न नपाईने वताए, अर्का पुर्व वडा अध्यक्ष नेपालजित लामाले जन प्रतिनिधहरु लाई जिताउनुकाे औचित्य औंल्याउँदै यस प्रथाकाे अन्त्यका लागि लड्नुपर्ने सम्वन्धित निकाय वाट भुपतीलाई हटाउन माग गरे ।

त्यस्तै वाैद्ध विकाश समिति का पुर्व-अध्यक्ष सम्पुर्ण कुमार लामाले गुठि ऎन २०१३ मा कुनै जात विशेष र वंशका अाधारमा वज्र परिवार मात्र नियुक्ती हुनु पाउने कुरा नरहेकाे कुरा स्पष्ट पारे । कार्यक्रममा नेपाली काङ्ग्रेस ईकाई सभापति एवं कल्याण गुठिका सचिव भुवन लामाले अवकाे अान्दाेलन कुनै हालतमा नराेकिने र जन प्रतिनिधी हाेस या काेहि कशैले पैसा खाएर अान्दाेलन विथाेल्न खाेजे ईतिहासमा त्यस्ता कलङ्कहरुका हिशाव किताव गरिने वताए ।

कार्यक्रममा उपस्थित संघ संस्थाका प्रतिनिधि सिङ्गाे समाज ,बुस्दिस्ट र हिन्दुहरुले साेहि प्रथाबाट असाधारण दुख पाएकाे र अवकाे आन्दाेलन व्यक्ति विशेषकाे विराेध , ठाँउ विशेषकाे हुन नहुने र वाैद्ध ६० घरे मनाेविज्ञान बाट ग्रसित हुन नहुने धारणा पाेखेका छन, अन्त्यमा सवै एक ढिक्का भएर चिनियाँ लामाकाे हर्कतका विरुद्ध लढ्ने अठाेट सवैले गरेका छन ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *