कोटेश्वरबाट अपहरित बालिकाको तिलगंगाबाट उद्दार

काठमाडौं – राजधानीको थापाथलीस्थित प्रसूती गृहकी चिकित्सक  बबिता साहकी दुई वर्षीया छोरी सन्विज्ञाको अपहरणपछि प्रहरीले सकुशल उद्धार गरेको छ।

शुक्रबार बिहान कोटेश्वरको खरिबोट महादेवस्थानबाट सन्विज्ञाको अपहरण भएपछि घटना प्रहरी समक्ष पुगेको हो।  महानगरीय प्रहरी परिसर टेकुले अपहरणमा संलग्न जनकपुर बसपार्कका मनिषकुमार गुप्ताको खोजी गरिरकेको छ।

परिसरका अनुसार गुप्ताले दिनभरि बालिकालाई जोरपाटी जमुडाँडा घुमाएर प्रहरीले फलो गरेको थाहापाएपछि तिलगंगास्थित होटल गणेश अगाडि छाडेर भागेका थिए।

परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बालिकाको सकुशल उद्धार गरेको बताए। उनले भने, ‘घरसायी लेनदेनको कुरा नमिलेर गुप्ताले डाक्टरसापको बच्चा अपहरण गरेको देखियो। थप अनुसन्धान गर्दैछौं।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *