गगन थापा ज्यु मुठ्भेड गर्ने रहर भए रोल्पा आउनुहोस : दिपेश पुन

काठमाडौ– अखिल (क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष दिपेश पुनले संसद भुठभेड गर्ने थलो नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पुनले काङ्ग्रेस नेता  गगन थापालाई भुठभेड गर्ने रहर  लागेको भए रोल्पा आउन चुनौती दिएका छन्।

माननीय गगन थापा ज्यूँ ।जननिर्वाचित संसद मुठभेड गर्ने थलो होईन । यदि हजूरलाई मुठभेड गर्ने रहर नै लागेको हो भने रोल्पा आउनुस् । म फ्री मा गुरिल्ला ट्रेनिङ गराउला । नेता पुनले लेखेका छ्न ।

नेपाली काँग्रेसले  चिकित्सा शिक्षा विधेकमा असहमति राख्दै  संसद अवरुद्द गर्दै आएको थियो । यसैबीच जबरजस्ती संसद चलाउन खोजे भुठभेड हुनसक्ने गगन थापाले बताएका थिए ।

बिरोधको बाबजुद चिकित्सा  शिक्षा बिधेयक पारित :

आजको संसद बैठकबाट  राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गर्दागर्दै पनि मर्यादापालकको ‘स्कर्टिङ’मा रोष्ट्रम पुगेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयक निर्णयार्थ संसदसमक्ष पेस गरेका हुन्।

कांग्रेसले विरोध गरिरहँदा पनि सभामुख कृष्णबहादुर महराले छलफलको प्रक्रिया अघि बढाएका थिए। छलफलमा सांसहदरुलेल भाग नलिई महराले विधेयकलाई निर्णयार्थ पेस गरे।

योसँगै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ऐन बन्ने प्रक्रियामा गएको छ।

राष्ट्रपतिले प्रमाणीकरण गरी राजपत्रमा प्रकाशित भएपछि ऐन लागू हुनेछ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *