सत्तापक्ष र प्रतिपक्ष बीचको लडाइँ, संसद भवन बन्यो रणमैदान

काठमाडौं – प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । मंगलबारको बैठकमा सत्तापक्ष नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदबीच धकेलाधकेल भएको थियो । सभामुख कृष्ण बहादुर महराले कांग्रेस सांसदहरुले वेल घेराउ गरेकै समयमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयक पेश गर्न अनुमति दिएका थिए ।

वेलमा पुगेका शिक्षामन्त्री पोखरेललाई रोक्न खोज्दा कांग्रेस र नेकपाका सांसदहरुबीच धकेलाधकेल भएको हो । मन्त्री पोखरेल नेकपाका सांसद देव गुरुङ र खगराज अधिकारीसँगै रोष्ट्रमतर्फ अघि बढेपछि कांग्रेस सांसदहरु आक्रोशित भएका थिए । १५ मिनेटका लागि स्थगित गरिएको दोस्रो बैठकपछि ११ गते शुक्रबारसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

अर्को बैठक शुक्रबार १ बजे बोलाइएको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *