देशभरको मौसममा आकस्मिक बदली, अधिकांश स्थानमा पानी पर्ने

काठमाडौं– आज देशभरको मौसममा बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा पानी पर्ने छ।

काठमाडौं उपत्यकामा अहिले बादल लागेकाले चिसो महसुस भइरहेको मौसमविद् शान्ति कँडेलले बताइन्। यो क्रम बढ्दै जाने र राति पानी पर्नसक्ने मौसमविद् कँडेलले बताइन्।

उनका अनुसार अहिले सुदूर र मध्यपश्चिम क्षेत्रका धेरै ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ। अहिले पश्चिममा पानी पारेको पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले देशभरीकै मौसम बदली भएको र उच्च हिमाली क्षेत्रमा हिमपात भैरहेको उनले बताइन्।

तत्काल देशभरीकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना नभएको कँडेलले प्रष्ट पारिन्।

यो प्रणाली बुधबार बेलुकीसम्म नै सक्रिय रहने भएकाले बिहीबारदेखि मात्रै मौसममा सुधार आउने उनको अनुमान छ। पानी पर्नुका साथै हिमपात पनि हुने भएकाले मंगलबार र बुधबार पदयात्रामा ननिस्कन मौसमविद् कँडेलको सुझाव छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *