अन्योलमा मेलम्ची खानेपानी, सिएमसीसँगको ठेक्का रद्द

काठमाडौं– लामो विवादपछि सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको इटालियन कम्पनी सिएमसीसँगको ठेक्का रद्द गरेको छ।

सरकारको यो निर्णयसँगै मेलम्चीको पानी काठमाडौं आउने समय थप पछि धकेलिएको छ। अब मेलम्चीको पानी पिउने काठमाडौंबासीको सपना पनि अन्योलमा परेको छ।

केही समयदेखि सरकार र सिएमसीका बीचमा अदालत र वार्ताको प्रक्रिया चलिरहेको छ। पटकपटक सम्पर्कमा बोलाउँदा समेत नआएपछि सरकारले ठेक्का रद्द गर्ने निर्णय गरेको मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजन पन्तले जानकारी दिए।
केही समय पहिले सरकारले धरौटी जफत गर्ने तयारी गरेको थियो। इटालियन कम्पनीले आफू टाट पल्टेको घोषणा गरेर कर्मचारी देश फर्काउन खोजेको थियो।

सरकारले कम्पनीका आठ कर्मचारीको पासपोर्ट जफत गर्दै नेपालमै रोकेको थियो। नेपालमै कर्मचारी रोकिएपछि सिएमसीले धरौटी रोक्न माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो।  अदालतले अन्तरिम आदेश जारी गरेलगत्तै कम्पनी सरकारको सम्पर्कमा समेत आएको थियो।

तर उसले काम गर्ने प्रतिवद्धता भने नदेखाएपछि सरकारले पुन: ताकेता गरेको थियो।

सरकारको ताकेतालाई कम्पनीले अटेर गरेपछि आइतबार ठेक्का रद्द गर्ने निर्णय सरकारले गरेको हो। यो निर्णयसँगै सिएमसीले राखेको धरौटी समेत अब सरकारले जफत गर्ने छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *