सालीनदी मेलाको तयारी पूरा

काठमाडौ – श्री स्वास्थानी ब्रतकथामा आधारित रहेर पौष शुल्क पूर्णिमादेखि माघशुल्क पूर्णिमासम्म काठमाडौँको साँखुमा लाग्ने सालीनदी मेलाको तयारी पूरा भएको छ ।

यसवर्ष माघ ७ गतेदेखि १ महिनासम्म चल्ने सालीनदी मेलाका लागि सुरक्षा, स्वास्थ्य, यातायात लगायतका बिषयमा सम्पूर्ण तयारी पूरा भएको श्री माधव नारायण स्वस्थानी ब्रत तथा सालीनदी सुधार समितिले जनाएको छ ।

शनिवार शंखरापुर नगरपालिका साँखुमा गरिएको पत्रकार सम्मेलनमा मेलाको सम्पूर्ण तयारी पूरा भएको पूर्व व्यवस्थापन समितिका अध्यक्ष राजुभाई मानन्धरले जानकारी दिए ।

साँखु बस ब्यवसायी समितिका अध्यक्ष गोविन्द श्रेष्ठले यो बर्ष दुईओटा बस ब्यवासायी संघको बस चल्ने र प्रत्येक गाडीमा भाडादर टासिने जानकारी दिए । उनले विदाको दिन पनि राती दश बजेसम्म गाडी चल्ने जानकारी दिए ।

यस्तै महानगरीय प्रहरी प्रभाग साँखुकी प्रमुख इन्सपेक्टर लक्ष्मी पाण्डे खनालले पत्रकार सम्मेलनमा बोल्दै सुरक्षा निकायले  भीडको संवेदनसिलता अनुसार प्रहरी परिचालन गर्ने जानकारी दिइन् ।

श्रीस्वस्थानी मन्दिरको हातामा रंगरोगन तथा सरसफाई गरेर चिटिक्क पारिएको छ भने सालीनदीमा ब्रतालु तथा दर्शनार्थीहरुलाई नुहाउनका लागि व्यवस्थित स्थल निर्माण गरिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *