पर्वत दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो

पर्वत – पर्वतको मालढुङगा नजिकै बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ।

म्याग्दीको बेनी बजारबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै भएको थियो। अन्य चारजनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलमै मृत्यु हुनेमा म्याग्दी पाखापानी २ का वर्ष २१ का राजेश पुन, पर्वत जलजला गाउँपालिका ७ का ३२ वर्षीया विषमाया पुनको मृत्यु भएको छ भने एक पुरुषको सनाखत हुन नसकेको बागलुङका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए।

धौलागिरी अञ्चल अस्पतालमा उपचारका  क्रममा मृत्यु हुनेमा भने पर्वत जलजला गाउँपालिका ८ का ५० वर्षीय टिका परियार, उनकी श्रीमती ४० वर्षीया सेती परियार, बागलुङ नगरपालिका ४ कुडुलेकी ४८ वर्षीया शान्ति केसी रहेका छन्। मृतक एक पुरुषको सनाखत हुन बाँकी छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *