पर्वतमा बस दुर्घटना, ३ को मृत्यु ३८ घाइते

काठमाडौं – पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ । ३८ जना घाइते छन् ।

बिहीबार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको सनाखत भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख डीएसपी भुवनेश्वर तिवारीले बस भीरबाट करिब ६० मिटर तल खसको अनलाइनखबरलाई बताए । उनका अनुसार घाइतेहरुको बाग्लुङ र पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *