बुटवलमा काङ्ग्रेसको शक्ति प्रदर्शन, ५० हजार कार्यकर्ता उतार्ने तयारी

बुटवल – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार (आज) बुटवलमा शक्ति प्रदर्शनसहित खबरदारी सभा गर्दैछ । प्रदेश पाँचको राजधानी रुपन्देही कायम गर्न दबाव दिने उद्देश्यले शक्ति प्रदर्शन र सभा गर्न लागेको हो ।

वाइडबडी विमान खरिद, प्रदेश ५ मा गाडी खरिदमा अनियमिमता भएकाले त्यसको भण्डाफोर गर्न, निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन दबाव दिन पनि जनप्रदर्शन र सभाको आयोजना गरिएको कांग्रेस रुपन्देही सचिव रामकृष्ण खांणले बताए ।

सभालाई कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांण, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कंडेल, मानबहादुर विकलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । ट्राफिक चोकमा हुने सभाअघि राजमार्ग चौराहाबाट र्‍याली निस्कने छ ।

नेपाली कांग्रेस रुपन्देहीले आयोजना गरेको सभामा कम्तीमा ५० हजार कार्यकर्ता उतार्ने जिल्ला सचिव खांणले दावी गरे । ‘सभामा जिल्लाभरिबाट ५० हजारदेखि एक लाख जनता उतार्ने तयारी गरेका छौं,’ खांणले भने ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *