गोंगबुमा सिलिन्डर ग्यास विष्फोट, एकको मृत्यु चार गम्भीर घाइते

काठमाडौं – काठमाडौं गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट– बेलकोटका काजी तामाङ रहेका छन् । आज बिहान ग्यास सिलिन्डर पड्किँदा ५ जना घाइेते भएका थिए ।

घाइेतमध्ये तामाङको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंका डिीएसपी होमिन्द्र बोगटीका अनुसार घाइते भएका राजु बिसी, कैलाश श्रेष्ठ, रेशम तामाङ र अनिल पोखरेलको अवस्था पनि चिन्ताजनक रहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *