चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, आजैदेखि अनशन बस्ने तयारीमा डा. केसी

काठमाडौं – सरकार र डा.गोविन्द केसीबीच भएको सम्झौता विपरित शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेपछि डा. गोविन्द केसी आन्दोलित भएका छन्।

बुधबार पत्रकार सम्मेलन गरेर केसीले १६ औं अनसन सुरु गर्न लागेका हुन्। केसीले इलाम नगरपालिकाको फुलगाछीमा रहेको सहरी विकास तथा भवन डिभिजन  कार्यालयको पुरानो भवनमा अनसनको तयारी गरेका छन्।

सरकारसँग भएको सम्झौता विपरित विधेयक पारित भएपछि डा.केसीले १६ औं अनसनको तयारी गरेका हुन्। अपरान्ह ४ः३० बजे इलाममा पत्रकार सम्मेलन गरेर डा. केसीले अनसन सुरु गर्ने बताएका छन्।

समितिको बुधबार बसेको बैठकले प्रतिवेदन पारित गरेपछि केसीले अनसनको तयारी गरेका हुन्।

२३ सदस्यीय समितिमा नेकपाका १५, कांग्रेसका ६ र राजपाका २ जना सांसद छन्।

कांग्रेस सांसद्‍ गगन थापाले समितिको बैठकमा सरकारले डा केसीसँग सम्झौता गरी धोका दिएको बताउँदै फरक मत राखेका थिए।उनले डा. केसीसँग गरिएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग गरे।

उनको फरक मतसहित समितिमा रहेका सदस्यको बहुमतले उप–समितिबाट समितिमा पेश गरिएको विधेयक सामान्य  छलफल गरी पारित गरेका थिए।

बैठकमा समिति सदस्य एवं नेकपा सांसद योगेश भट्टराईले सम्झौता अनुसार विधेयक पारित गरिएको दाबी गरेका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *