सम्झौताविपरीत विधेयक ल्याए अनशन बस्छु : डा. केसी

काठमाडौ – चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. गोविन्द केसीले संसदीय उपसमितिले आफूसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको शिक्षा तथा स्वास्थ्य उपसमितिले बहुमतबाट पास गरी विधेयक पूर्ण समितिमा पठाएको थियो । उपसमितिले केसीसँग भएका महत्वपूर्ण तीन मागलाई बेवास्ता गर्दै विधेयक पास गरेको थियो ।

उपसमितिले माग सम्बोधन नगरेपछि केसीले सोमबार पत्रकार सम्मेलनमार्फत आफूसँग भएको सम्झौताविपरीत उपसमितिले पठाएको विधेयक अविलम्ब सच्याउन माग गरे । ‘यदि समितिले जबर्जस्ती गर्न खोजे पूर्वनिर्धारित समयअगावै अनशन बस्नेछु,’ डा. केसीले भने । संसद्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले केही समय माग गरेपछि केसीले २५ पुससम्म अनशन स्थगित गरेका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *