काङ्ग्रेस संसदीय दलको निर्णय : छाँया सरकारको नेतृत्व देउवालाई

काठमाडौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा छायाँ सरकार बनाउने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारस्थित संसदीय समिति दलको कार्यालयमा बसेको बैठकले यसअघिनै गरेको निर्णयलाई कार्यान्यवयनमा ल्याउने निर्णय गरेको नेता मिनेन्द्र रिजालले जानकारी दिए।

यसका लागि मन्त्रालय रोजेर नाम पेश गर्नसमेत सांसदहरुलाई कांग्रेसले आग्रह गरेको छ। रिजालका अनुसार एक जना सांसदले बढीमा तीन वटासम्म मन्त्रालय रोजेर नाम दिन सक्नेछन्।

केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १० महिनापछि नेपाली कांग्रेसले छायाँ सरकार गठनको तयारी थालेको हो। प्रमुख प्रतिपक्षीको कांग्रेसले ओली नेतृत्वमा सरकार बने लगत्तै छायाँ सरकार गठन गर्ने घोषणा गरेको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *