प्याब्सन गोकर्णेश्वरको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौ – प्याब्सन नेपाल गोकर्णेश्वर नगर कमिटीको आयोजनामा प्रभावकारी ब्यबस्थापन र नेतृत्व सम्बन्धि प्रशिक्षण  कार्यक्रम सम्पन्न भएको छ । काठमाडौ को जहरसिंहपौवा मा  सम्पन्न कार्यक्रममा नगरपालिका का ५० भन्दा बढी बिद्यालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो ।

प्याब्सन गोकर्णेश्वरका अध्यक्ष मदन सुवेदीको सभापतित्व तथा काठमाडौ प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न  कार्यक्रममा  बिशेष अतिथि हिसान काठमाडौका सचिब भवानी प्रसाद पौडेल , प्याब्सन काठमाडौ महानगरका उपाध्यक्ष रहेका थिए । ट्रान्स्फम एजुकेसन सर्भिसबाट प्रशिक्षक आर सि खनाल, डा देवि प्रसाइ ,गोकर्णेश्वर प्याब्सनका सल्लाहकार आर सि देवकोटा, लेखा प्रमुख अनिल पराजुली लगायतको आतिथ्यता रहेको कार्यक्रममा उपाध्यक्ष अर्जुन दंगालले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी तथा प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले राष्ट्रले आह्वान गरेकाले निजि विद्यालयमा लगानी गरेको मात्रै नभइ जिवन नै निजि बिद्यालयमा समर्पित गरेको बताए । गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्रको शैक्षिक विकासका लागि महत्वपुर्ण योगदान गर्दा समेत राज्य निजि विद्यालय प्रती अनुदार भएको मा चिन्ता ब्यक्त गरे । राज्यको लगानी बिना निजि क्षेत्रले लगानी गरेर गुणस्तरीय शिक्षा मात्रै दिएको छैन । निजि बिद्यालयले ३ लाखलाइ रोजगारि दिएको समेत श्रेष्ठले बताए । श्रेष्ठले भने उच्च स्तरीय शिक्षा आयोगको रेडिमेड प्रतिबेदन स्विकार्य छैन ।

त्यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथी तथा हिसान काठमाडौका सचिब भवानी प्रसाद पौडेलले निजि क्षेत्रले गुण्स्तरिय शिक्षा दिनुका साथै  पुँजी पलाएन समेेत  रोकेको तर राज्यले निजि क्षेत्रलाइ कदर गर्न नसकेकोमा चिन्ता ब्यक्त गरे । निजि बिद्यालय सरकारी बिद्यालय सुधारको बाधकको रुपमा उच्च स्तरिय शिक्षा आयोगले बुझ्न नहुनेमा पौडेलले चर्चा गरे ।

गोकर्णेश्वर प्याब्सनका सल्लाहकार परिक्षा शाखा प्रमुख आर सि देवकोटाले माघ १० बाट सुरु हुने माध्यामिक तहको परिक्षा सफल बनाउन जुट्नु पर्ने बताए । त्यस्तै प्याब्सन शंखरापुर नगरपालिका अध्यक्ष लकस श्रेष्ठले निजि बिद्यालयले सरकारी विद्यालयको एकोहोरो बिरोध मात्रै गर्न नहुने बरु सहकार्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका सभापति मदन सुबेदिले निजी विद्यालयहरु माझ निकै अप्ठेरो परिस्थिति सृजना भएको, उच्च स्तरीय शिक्षा आयोगको प्रतिबेदन र सामाजिक सुरक्षा कोष को ऎनले तरंग पैदा गरेको बताए । सुवेदीले निजि क्षेत्रको समस्यामा सरकार लचिलो हुनुपर्नेमा समेत जोड दिए ।

औपचारिक कार्यक्रम पश्चात् उपस्थित प्रधानाध्यापक हरुलाइ प्रशिक्षकहरुले प्रभावकारी ब्यबस्थापन तथा नेतृत्व सम्बन्धि प्रशिक्षण प्रदान गरेका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *