बिग ब्यास लिगमा सन्दिपको रेकर्ड : चार खेलमा चारै कप्तान आउट

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले मेलबर्न डर्बी रेनेगेड्सविरुद्ध पहिलो विकेट लिएका छन् । उनले ११ औं ओभरको अन्तिम बलमा १० रन बनाएर खेलिरहेका रेनेगेड्सका कप्तान टोम कुुपरको विकेट लिएका हुन् । योसँगै उनले चौथो कप्तानको विकेट लिएका छन् ।

यसअघिका तीन खेलमा पनि लामिछानेले कप्तानलाई आउट गराएका थिए । सन्दीपले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा कुुपरलाई स्टम्पिङ गराए । पहिलो ओभरमा ११ रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा ४ रनमात्रै खर्चिए । उनले तीन खेलमा ७ विकेट लिइसकेका थिए भने आजको विकेटसँगै सन्दीपको बिग बास लिगमा ८ विकेट लिएका छन् ।

यसअघि सन्दीपले सिड्नी थन्डर, सिड्नी सिक्सर्स र होबर्ट हुुरिक्यान्सका कप्तानको विकेट लिएका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *