कृषि बिश्वबिद्यालयमा माफियाकरण: निजि कलेजका लगानीकर्ता नै विश्वबिद्यालयका पदाधिकारी 

काठमाडौं – कृषि शिक्षामा माफियाकरण र सिण्डिकेटको राज चलिरहेको तथ्य फेला परेको छ ।
कृषि विश्वविद्यालयका रजिष्ट्रार, सहायक डीन र प्राध्यापकहरूले नै काठमाडौं र चितवनमा विशुद्ध नाफा आर्जन गर्ने उद्देश्यले निजी कृषि कलेज सञ्चालन गरेका छन् ।

उनीहरुले  आफ्नै लगानी रहेका कलेजमा विद्यार्थी भर्ना गराएर करोडौं रकम कुम्ल्याउँदै आएका छन् ।

हिमालयन कलेज अफ एग्रीकल्चर साइन्स एण्ड टेक्नोलजी काठमाडौंका संस्थापक प्रा. डा. मनराज कोलाक्षपती कृषि विश्वबिद्यालयका रजिस्ट्रार छ्न ।

हिकास्टका अर्का संस्थापक प्रा. डा. नवराज देवकोटा कृषि विश्वविद्यालयको रिसर्च एण्ड एक्स्टेन्सन निर्देशनालयका निर्देशक छन् । देवकोटाको  चितवनमा रहेको नेपाल पोलीटेक्निक इन्स्टिच्युटमा  शेयर छ  ।

विश्वविद्यालयकी सहायक डीन डा: कल्याणी मिश्रपनि पोलीटेक्निकको शेयर धनी हुन  ।

विश्वविद्यालयका केही पदाधिकारीले भने आफ्नी श्रीमती र बुबाका नाममा शेयर खरिद गरेका छन् ।

कृषि विश्वविद्यालयका रजिष्ट्रार, सहायक डीन र प्राध्यापकले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर हिकास्ट र नेपाल पोलीटेक्निक इन्स्टिच्यूटमा कृषि स्नातक कोर्स सञ्चालन गरिरहेका छन् ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *