आजदेखी हट्यो सवारीसाधनको जोरबिजोर नियम

काठमाडौँ : आजदेखि सुरु हुने एसिया प्यासिफिक सम्मेलनका लागि भन्दै काठमाडौँमा गुड्ने सवारीसाधनमा लगाइएको जोर–बिजोरको नियम सरकारले हटाएको छ ।

बिहीबारदेखि १६ गतेसम्मका लागि लागू गरिएको सवारीसाधनमाथिको जोर–बिजोर नियम गृहमन्त्रालयको निर्देशनमा आजै (शुक्रबार) साढे ११ बजेदेखि हटाइएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ ।

विभिन्न १५ भन्दा बढी देशका राष्ट्र तथा सरकार प्रमुख र उच्च पदस्थ अधिकारी काठमाडौँमा आउने भन्दै सडक खाली गर्न सरकारले बिहीबारदेखि जोर–बिजोर नियम लागू गरेको थियो ।

यो नियम लागू गरिएपछि युथ कांग्रेससहितका संगठनहरू विरोधमा उत्रेका थिए । उनीहरूले  बिहीबार र शुक्रबार जोर-बिजोरको बिरोधमा अवज्ञा कार्यक्रम पनि गरेका थिए । युथ कांग्रेसले ज्ञानेश्वरमा गरेको अवज्ञा कार्यक्रमा प्रहरीले शुक्रबार बिहान हस्तक्षेप गरी ८ जनालार्इ पक्राउ पनि गरेको छ ।

पहिलो दिनमै सवारीसाधन अभावमा सास्ती भोग्नुपरेपछि सरकारको यो नियमको सर्वसाधरणले चर्को आलोचना गरेका थिए । यो नियम हटेसँगै बिहान साढे ११ बजेदेखि उपत्यका सबै नम्बरका गाडी गुड्न पाउनेछन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *