चौतारा क्याम्पसमा साँस्कृतिक कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक – चौतारा वहुमुखी क्याम्पस स्ववियु सिन्धुपाल्चोकले स्नातक तह प्रथम वर्षमा अध्ययन गर्न जिल्ला का विभिन्न स्थानियतहवाट विज्ञान, शिक्षा , व्यवस्थापन र मानविकि शास्त्रमा अध्ययन गर्न अाउनुभयका विद्यार्थीलाई स्वागत तथा सांस्कृतिक कार्यक्रम अायोजन गरेको स्व वि युू सभापति तथा अखिल(क्रान्तिकारी ) जिल्ला अध्यक्ष क. मिलन लामाले वताउनु भयो। कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा युवा नेता माधव सापकक. सुवोध अखिल ( क्रान्तिकारी ) केन्द्रीय सचिव तथा प्रदेश नं३का संयोजक क. पवन कार्की निवर्तमान केन्द्रीय सदस्य क. रविन जङ्ग वस्नेतले नवअागन्तुक विद्यार्थी साथिहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट क्याम्पसको रुपमा स्थापित गर्न नेतृत्वदायी भुमिका खेल्न अपिल गर्नु भयो। अखिल क्रान्तिकारी का सचिव क. पवन कार्कीले मुलभुत रुपमा निजिकरणका विरुद्ध देशै भरि संघर्ष गर्ने र अाम विद्यार्थीको साझा सस्था स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन नियमित रुपमा अागामी चैत्र मै सम्पन्न गर्ने र अखिल (क्रान्तिकारी ) लाई नियमित वास्तविक विद्यार्थीहरुको संगठन वनाउने र स्ववियूमा पनि रेगुलर अध्ययनरत विद्यार्थीहरुलाई मात्र निर्वाचनमा उम्मेदारी दर्ता माहोल वनाउन केन्द्रीय समितिले छलफल गरीरहेको खुलासा गर्नु भयो।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *