नेकपाको सचिवालय बैठकले प्रदेश सदस्यहरूको नाम टुंग्यायो

काठमाडौ: बालुवाटारमा साँझ सुरु भएको नेकपाको सचिवालय बैठक सकिएको छ ।  नेकपाको सचिवालयको बैठकले सात वटा प्रदेश कमिटिको एकीकरणलाई पूर्णता दिँदै सबै प्रदेश कमिटिका सदस्यहरु नाम टुंगो लगाएको छ ।

प्रदेश कमिटीको नामावलीलाई अन्तिम रुप दिनुअघि सबै सदस्यहरुलाई प्रस्ताव बाँडेर पालैपालो नाम पढेर सुनाइएको एक नेताले बताए । वरिष्ठताको मापदण्डअनुसार भए नभएको अन्तिम छलफल गरेर प्रदेश कमिटीको नामावली पारित गरिएको हो ।

तर सचिवालय बैठकले केन्द्रिय समितिको सदस्यहरुको कार्य विभाजन र जनवर्गिय संगठनको एकीकरणकाे सम्बन्धमा निर्णय गर्न सकेन। बैठक भोलि फेरि बस्ने र बाँकि रहेका काम टुंग्याउने नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *