लगातार १२६ घण्टा नाचेर बन्दनाले राखिन विश्व कीर्तिमान

काठमाडौ: सबैभन्दा लामो समय नृत्य गरेर नेपाली चेली बन्दना नेपालले वर्ल्ड रेकर्ड कायम गरेकीछिन् । १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँन तत्लिन बन्दना आफ्नो लक्ष्यमा पुग्न सफल भएकी छिन् मंसिर ७ गते ९ बजेदेखि काठमाडौस्थित विग फूडल्याण्डमा आफनो यात्रा सुरु गरेकी बन्दनाले भारतको रेर्कड आज बुधबार १२ बजेर १६ मिनेटमा तोड्न सफल भएकी हुन् । सन् २०१६ मा केरला, भारतकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर अहिलेसम्मकै सबैभन्दा लामो समय निरन्तर नृत्य गरेको रेर्कड बनाएकी थिईन् ।

अब विश्वमा नै सबैभन्दा धेरै समय नाचेर गिनिज बुकमा नेपाली चेली बन्दनाले आफनो नाम समाबेश गरिन् । बन्दनाको यस कार्यक्रममा हौसला दिन धेरै कलाकारहरु पनि उनको कार्यक्रममा उपस्थित भएका थिए । विभिन्न नेपाली गीतहरुमा नृत्य गरेकी बन्दनालाई प्रतिघण्टा ५ मिनेटको समय शौचालय र पानी पिउँन समय दिएको थियो ।ती गीतमा उनले विभिन्न नृत्य गर्दै आएकी छन् । उनले नाचेको दृश्य तीनवटा क्यामेराले निरन्तर कैद गरिरहेका छन् । कार्यक्रमस्थलमा निर्णायक पनि छन् ।

नाच्दा नाच्दै उनको खुट्टा केही सुन्निएको भएपनि उनको स्वास्थ्यमा खासै असर नपरेको बताईएको छ । धनकुटाकी १७ बर्षीय बन्दना चेल्सी इन्टरनेशनल कलेजमा दश जोड दुईमा अध्ययनरत छिन् । बन्दनाले काठमाडौंको नारायणस्थानमा नृत्य प्रशिक्षण ‘केन्द्र बी एन्ड बी कल्चर सेन्टर’ पनि सञ्चालन गर्दै आएकी छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *