निर्मलाका बुवालाई भएको के हो? डाक्टर भन्छन् – बिहिवार रिपोर्ट आउँछ

काठमाडौ:  बलात्कार पछी हत्या गरिएकी १४ बर्षिय किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तकाे त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अस्पतालको मानसिक वार्डमा उपचाररत उनको स्वास्थ्य जाँचको रिपोर्ट भने अझै आइनसकेको चिकित्सकले बताएका छन्।

मानसिक वार्डका प्रमुख डा सरोजप्रसाद अोझाका अनुसार उनको अन्तिम रिपोर्ट आउन बिहिवार सम्म कुर्नु पर्दछ । ‘उनको उपचार जारी छ। आवश्यक चेकजाँच भइरहेको छ। फाइनल रिपोर्ट आउन अझै एकदुई दिन लाग्छ’, उनले भने, ‘ठ्याक्कै के भएकाे हाे भनेर थाहा पाउन अझै एक- दुई दिन कुर्नैपर्छ।’

उनले यज्ञराजलाई आज नै वार्डमा सारिएको बताए।

अाइतबार उपचारका लागि अस्पताल ल्याइएका उनलाई साइक्याट्रिक वार्डमा सारिएकाे हो। उनको मानसिक अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडाैँँ ल्याइएको हो।

अाइतबार साँझ ६:२० मा अस्पताल ल्याइएका यज्ञराजलाई अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएको थियाे।

यज्ञराजलाई शनिबार राति १० बजे सेती अञ्चल अस्पतालबाट निजी गाडीमा काठमाडौं ल्याइएको हो।

छोरी निर्मलाको हत्या भएको ४ महिना पुग्दासमेत अपराधी पत्ता लगाउन नसकेको भन्दै उनले सरकारलाई अनुसन्धानमा दबाव दिन परिवारसहित धर्नामा बसेका थिए। धर्नामा बस्दा शारिरीक रुपमासमेत कमजोर भएका यज्ञराजको बिहीबारदेखि मानसिक अवस्थामासमेत खराबी आएको थियो।

सो क्रममा उनले धर्नास्थलमै फरक व्यवहार देखाउन थालेका थिए। सुरुवातमा समान्य अवस्था रहेपनि अवस्था समाल्न नसक्ने स्थितिमा पुगेपछि उनलाई काठमाडौं ल्याइएकाे हो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *