मंगल ग्रहमा के गर्दैछ ‘इन्साइट ल्याण्डर’

एजेन्सी-  मंगल ग्रहको बारेमा विस्तृत अध्ययन गर्न नासाले मंगलबार पठाएको इन्साइट ल्याण्डर सफलतापूर्वक अवतरण भएको छ । यसको बारेमा विस्तृत अध्ययन गर्न नासाले करीब सात महिना पहिला यो यान पृथ्वीबाट पठाएको थियो ।

३० करोड माइल अर्थात ४५.८ करोड किलोमिटरको दुरी पार गरेर इन्साइट ल्याण्डर सोमबार मंगल ग्रहको भुमध्य रेखा नजिकै एलिसियम प्लानिशिया नामक सपाट मैदानमा अवतरण गरेको हो ।

यसको उद्देश्य जमिनको भित्र रहेको रहस्य पत्ता लगाउनु रहेको छ । यो अन्तरिक्ष यानले अरबौ वर्षदेखिको रहस्य पत्ता लगाउने विश्वास वैज्ञानिकहरुको छ ।

मंगल ग्रहबाट इन्साइटले काम गर्न तयार रहेको जानकारी नासालाई दिएको छ । घामको किरणसँगै सोलार प्यानल फैलाएर यानले चार्ज गरिरहेको छ ।

नासाका इन्साइट प्रोजेक्ट म्यानेजर टम हफम्यानले ब्याट्री रिचार्ज गरेपछि अव इन्साइटले आरामसँग आफ्नो काम गर्ने सक्ने बताएका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *