नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण

काठमाडौं – अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ ।

सात महिनाअघि जमिनबाट पठाइएको अन्तरिक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै आज बिहान मंगल ग्रहमा सफल अवतरण गरेको हो । मंगल ग्रहमा अवतरण गर्नासाथ सो यानले एक तस्वीर ट्वीट गरेको थियो ।

‘पर्सावियरेन्स रोभर’ नाम दिइएको अन्तरिक्ष यान मंगल ग्रहको सतहमा अवतरण गर्नासाथ नासाको कन्ट्रोल रुममा रहेका वैज्ञानिकहरुले खुसी साटासाट गरेका थिए ।
सन् १९७० पछि नासाको यो पहिलो मिसन हो, जसले मंगल ग्रहमा जीवनको संकेत खोजी गर्ने छ ।

यसले मंगल ग्रहमा सुकिसकेको एक खण्डहर पोखरी र अर्बौं वर्ष पहिले माइक्रो–अर्गानिज्मको कुनै पनि चिह्न वा गतिविधिको पनि अनुसन्धान गर्ने बीबीसीले जनाएको छ ।

 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *