प्रचण्डमाथि खुकुरी प्रहार भन्दै भ्रमपूर्ण समाचार लेख्ने सम्पादक पक्राउ

काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि खुकुरी प्रहार भनी भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक अनलाइनका सम्पादकलाई पक्राउ गरेको छ।

पोष्टपाटी अनलाइनका सम्पादक गोपाल चन्दलाई मंगलबार काठमाडौंको मनमैजुबाट पक्राउ गरिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।

सम्पादक चन्दले मंसिर ६ गते चितवनमा प्रचण्डमाथि खुकुरी प्रहार भनी आफ्नो अनलाइनमार्फत भ्रमपूर्ण समाचार सम्प्रेण गरेका थिए।

उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *