मदिरा निषेधित जिल्ला घोषणा हुँदै कालिकोट

काठमाडौ- कालिकोट जिल्ला मदिरा निषेधित जिल्ला घोषणा हुने भएको छ । जिल्ला सवन्यय समिति कालिकोटको दोस्रो सभाले जिल्लालाई मदिरा निषेधित घोषणा गर्ने निती पारित गरेको हो ।

मदिराको कारण हुने गरेको विभिन्न घरेलु हिंसा र झैझगडा लगायत समाजमा परेको सामाजिक खलललाई मध्यनर गर्दै सभाले मदिरा निषेधित जिल्ला बनाउने नीति तथा कार्यक्रम पारित गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीका अनुसार ‘सबै स्थानीय तहका जनप्रतिनीधिहरुको माग मदिरा निषेधित जिल्ला बनाउने थियो । उनले भने, अबको एक महिनामा नीति र कार्यबिधि बनाएर मदिरा निषेधित जिल्ला घोषणा गर्छौ ।’

मदिरा निषेधित जिल्ला बनाउनका लागि सबै स्थानीय तहले तयारी पुरा गरेको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले बताए ।

साथै, जिल्लाबाट अबैध तरिकाले जडिबुटीको निकासी तथा चोरी हुने गरेकोले जडिबुटी लोप हुने अवस्थामा पुगेको भन्दै जिल्ला सभाले एक वर्षको लागि जडिबुटी निकासीमा रोक लगाउने निर्णय गरेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *