तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड माघ १७ गते राष्ट्रिय नाचघर जमलमा हुने

काठमाडौ- बर्ल्हुन्दो डिजिटल प्रा. लि. र क्यास्र्योल मिडिया प्रा.लि. को संयुक्त आयोजनामा तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड २०७५ को माघ १७ गते राष्ट्रिय नाचघर जमलमा हुने भएको छ ।

“म्हेन्दोमाया श्रष्टाको सम्मान र प्रोत्साहनको निरन्तरता” भन्ने मुल नाराकासाथ कर्स्योल मिडिया र बर्ल्हुम्हेन्दो डिजिटल प्रा.लि. ले संयुक्त रुपमा आयोजना गर्ने तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड २०७५ को लागि पत्रकार सम्मेलन गरि औपचारिक रूपमा जानकारी दिइएको हो ।

म्हेन्दोमाया म्युजिक अवार्डले नेपाली संगीतको आकाशलाई फराकिलो बनाउन र श्रष्टा एवम् यससंग क्षेत्र सँग सबन्धित सम्पुर्ण व्याक्तित्वहरुको सरहानिय योगदानको सदैव कदर एवम् सम्मान गर्ने अध्यक्ष एम बि गुरुङले ग्लोबल खबरलाइ जानकारी दिनुभयो

म्हेन्दोमाया म्युजिक अवार्डले नेपाली गित संगीतको परिधी व्यापक बनाउँदै लानुको साथै गित संगीतका श्रष्टाको सम्मान र प्रोत्साहन गर्ने गुरुङले बताउनुभयो ।

संगीतलाई फराकिलो पार्ने हितुले अयोजना गरिएको तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड २०७५ मा २३ वटा बिधा समाबेश गरिने आयोजक संस्थाका अशिक गोङ्बा तामाङ ले बताउनु भएको थियो |उक्त कार्यक्रमको फारम खुल्ला मङ्सिर १० गते देखि सुरु हुने छ ।

फारम शुल्क एक बिधाको रु.१००० लाग्ने छ भने जम्बुलिङ फिल्म प्रा. लि. माछा पोखरी, ल्हाप्साङ कर्पो म्युजिक सेन्टर बौद्ध र काठमाडौ डिजिटल नयाँ बजार पाईने छ ।यस आयोजनामा देशभरीका कलाकारहरुले भाग लिन पाउने छ भने अवार्डको लागि पौष २२ गते नोमिनेशन छनोट गरि उत्कृष्ट ५ बिधा सार्बजनिक गरिनेछ ।

पौष २२ गते उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरि सामाजिक सन्जाल फेसबूक मार्फत पब्लिक चोइस र फेसबूकबाट प्राप्त हुने अंकको लागी म्हेन्दोमाया म्युजिक अवार्डको अफिसियल पेजमा सबै विधाका उत्कृष्ट ५ मा पर्न सफल कलाकारको फोटोसहित सार्वजनिक गरिने छ ।

आवेदन को विधाहरु:

नयाँ
१.गितकार
२.संगीतकार
३.गायक
४.गायिका
५.कोरियो ग्राफर
६.निर्देशक
७.मोडेल पुरुष
८.मोडेल महिला

पुरानो
१.गीतकार
२.संगीतकार
३.एरेन्जर
४.गायक
५.गायिका
६.कोरियोग्राफर
७.निर्देशक
८.छायांकन
९.मोडेल पुरुष
१०.मोडेल महिला
११.सम्पादन
१२.म्होन्दोमायापन आउने गित
१३.उत्कृष्ट भिडियो
१४.उत्कृष्ट गीत
१५.पब्लिक चोइस

अन्य जानकारीको लागि:- आशिक गोङ्बो तामाङ सम्पर्क:

९८४९४७८५५५(9849478555) E-mail: mhendomayanews@gmail.com

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *