त्रीनेत्र अध्यात्म चिन्तन केन्द्रको साधारणसभा तथा स्मारिका लोकार्पण भव्य रूपमा सम्पन्न

काठमाडौं- त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले मंसिर ८ गते शनिवार ९ औँ साधरणसभा तथा स्मारिका लोकार्पण कार्यक्रम चाबहिल स्थित ए-वान पार्टी प्यालेसमा भब्य रूपमा सम्पन्न गरेको छ ।

संस्थाकी अध्यक्ष रेखा अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व महिला वालवालिका तथा समाज कल्याण राज्मन्त्री तथा सस्कृतीविद कान्ता भट्टराई र विशेष अतिथिको रूपमा गोकर्णेश्वर नगरपालीकाका नगर प्रमुख सन्तोस चालिसेले आतिथ्यता ग्रहण गर्नुभएको थियो । कार्यक्रममा त्रिनेत्र अध्यात्मक चिन्तन केन्द्रका केन्द्रिय सदस्य तथा युवा नेता राजु सुनार लगायत विभिन्न क्षेत्रका विशिस्ट ब्यक्तिहरुको आतित्थ्यता रहेको थियो ।

साधरणसभामा त्रिनेत्र अध्यात्मक चिन्तन केन्द्रको स्मारिकाको लोकार्पण समेत गरीएको थियो ।संस्थाकी अध्यक्ष रेखा अर्याल, प्रमुख अतिथी कान्ता भट्टराई विशेष अतिथि सन्तोस चालिसे र संस्थाका केन्द्रिय सदस्य तथा युवा नेता राजु सुनारले सयुक्त रुपमा स्मारिका लोकार्पण गरेका थिए । साथै कार्यक्रममा त्रीनेत्र अध्यात्म चिन्तन केन्द्रलाइ महत्त्वपूर्ण योगदान पुर्याउने विभिन्न क्षेत्रका ब्यक्ति तथा संस्थाका आजीवन सदस्यहरुलाइ सम्मान तथा प्रशंसा-पत्र समेत प्रदान गरीएको थियो ।

कार्यक्रममा संस्थाकी अध्यक्ष रेखा अर्यालले संस्थाले ९ बर्ष सम्म गरेका उपलब्धि तथा भावि कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।संस्थाले नेपाल भुमिमा वृन्दावन, वृन्दावनमा ज्येष्ठ नागरीक आश्रम भन्ने पवित्र र महत्त्वपूर्ण उदेश्य लिएर अघि बढेकाले सबैलाई हातेमालो गर्दै अघि बढ्न आग्रह गर्नुभयो।

संस्थाले नवलपरासिको वर्दघाट न.पा. ८ को जिमिरेभारमा १० कट्ठाको क्षेत्रफलमा त्रिनेत्रेश्वर महादेवको मन्दिर र १४ कोठे ज्येष्ठ नागरीक आश्रम सहितको त्रिनेत्रेश्वर धामको निमार्ण सम्पन्न गरिसकेको पनि अर्यालले बताउनुभयो ।

संस्थाले निरन्तर रूपमा विभिन्न ठाँउमा गोष्ठी, शुभकामना आदान प्रदान, रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, शिवपुराण, विपद व्यवस्थापन कोषको स्थपना, राहात वितरण वृद्दाश्रमहरुमा रहेका वृद्ध-बृद्दाहरुको लागि फलफूल तथा लत्ताकपडा वितरणका साथै अन्य धेरै धार्मिक तथा सामाजिक कार्यहरु गरिरहेको आर्यालले बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथी तथा गोकर्णेश्वर नगरपालीकाका मेयर सन्तोस चालिसेले सभालाई सम्वोधन गर्दै नेपालीहरुको पहिचान भनेको सनातन हिन्दुधर्म र पूर्वीय सभ्यता भएकाले यसको संरक्षणमा सधै लागीपर्ने बताउनुभयो । साथै धर्म र संस्कृतिको रक्षाका लागी नगर भित्र रहेका विद्यालयहरुको पाठ्यक्रममा अनिवार्य रुपमा धार्मिक, सास्कृतिक र पूर्वीय दर्शनका कुराहरु समेटेर छुट्टै बिषय राख्न लागिएको पनि जानकारी दिनुभयो।

साथै धार्मिक, साँस्कृतिक क्षेत्रमा धेरै कार्य गरेको र गोकर्णेश्वर धाम निर्माण गर्ने तयारी समेत भईरहेको चालिसेले बताउनुभयो। गोकर्णेश्वर धाम पशुपतिनाथको मन्दिर देखि गोकर्णेश्वर सम्मलाई बनाउने र वागमति किनारको दुईतिर १२/१२ वटागरी जम्मा २४ वटा मन्दिरहरु समेत बनाउने तयारी भईरहेकोे चालिसेले बताउनुभयो ।

सुरुवातमा १७ जनावाट सुरु गरिएको संस्थामा अहिलेसम्म प्रत्यक्ष रुपमा सहभागी हुने आजीवन सदस्यको संख्या ३ हजार नागिसकेको छ ।

कार्यक्रमका केहि तस्बिरहरू 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *