पाकिस्तानमा चिनियाँ दूतावासमाथि हमला पाँचको मृत्यु

एजेन्सी । शुक्रबार पाकिस्तानको प्रमुख सहर कराचीँमा रहेको चिनियाँ महावाणिज्य दुतावासमाथि आतंकवादी आक्रमण भएको छ । आतंकवादी हमलालाई सुरक्षा फौजले निस्तेज पारेको र दुतावासभित्र कुनै असर नपरेको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ ।

सुरक्षाकर्मी र हमलावरबीच भएको गोलिवारीमा दुई प्रहरीको ज्यान गएको छ । सिन्ध प्रहरी तथा आर्मीको मिडिया शाखाले उक्त कारबाहीमा तीन आतंकवादीको ज्यान गएको बताएको छ ।

पाकिस्तानको चर्चित समाचारपत्र डनका अनुसार विहान ९ः३० मा गोलिबारी शुरु भएको थियो । सो समाचारपत्रले उक्त क्षेत्रमा एक ठूलो विष्फोटको आवाज पनि सुनिएको बताएको छ । डनका अनुसार एक नाम नखुलेको व्यक्ति गम्भिर अवस्थामा अस्पताल लगिएको छ ।

पाकिस्तान प्रहरीका एआईजी डा. अमिर अहमद शेखले डनसँगको कुराकानीमा गोलिबारी रोकिएको र आक्रमण भएको क्षेत्र प्रहरी र रेन्जरको नियन्त्रणमा आइसकेको बताए ।

“आक्रमणको समयमा प्रहरी, रेन्जर ड्युटीमा थिए । सुरक्षाकर्मीहरुको बहादुरीको कारण आक्रमणकारीहरु चिनियाँ दुतावासमा प्रवेश गर्न सकेनन् । अहिले उक्त क्षेत्र पूर्ण रुपमा प्रहरीको नियन्त्रणमा छ र बम डिस्पोजल टिमले वरपर क्षेत्रको चेकजाँच गरिरहेको छ ।” शेखले बताए ।

शेखले घटनाबारे पूर्ण चित्र साझँपख पत्रकार सम्मेलन गरेर दिने पनि बताए ।

घटनाको केही पछिनै पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरेशीले घटनाको भत्सना गरेका छन् । “यो अत्यन्त दुखद घटना हो । घटनामा संलग्न आतंकवादी मारिएका छन् । हामी चिनियाँ महावाणिज्य दुतावाससँग नियमित सम्पर्कमा रहिरहेको छौं,” घटनाबारे बोल्दै कुरेशीले भने ,“यो देशको विकास रोक्ने दुरासय राख्ने शक्तिहरुलाई पाकिस्तान र चीन मिलेर परास्त गर्नेछौं ।”

सिन्ध राज्यका मुख्यमन्त्री मुराद अलि शाहले घटनाप्रति चासो देखाएका छन् । उनले चिनियाँ महावाणिज्यदुतलाई सम्पर्क गरेर अवस्था पूर्ण नियन्त्रणमा लिने विश्वस्त पारेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *