यूटर्न नलिनेहरु नेता नै होइनन्- प्रधानमन्त्री इमरान खान

काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू-टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले भने, ‘यू-टर्न नलिने कहिल्यै सफल नेता हुँदैन र जसले ‘यू-टर्न’ लिन जान्दैन त्योजत्तिको बेवकुफ नेता अरु कोही हुँदैन ।’

प्रधानमन्त्री खानको यो अभिव्यक्ति अहिले निकै चर्चामा छ । उनको यो भनाईबारे सबै पत्रिकाहरुमा समाचारमात्र बनेन, सामाजिक सन्जालमा पनि भाइरल भइरहेको छ ।

पाकिस्तानका सन्चारमाध्यमहरुका अनुसार खानले नेपोलियन बोनापार्ट र हिटलरको उदाहरणसमेत दिएका थिए । उनीहरुले ‘यू-टर्न’ नलिएर ऐतिहासिक गल्ती गरे, त्यसैले हार व्यहोर्नुपर्‍यो ।

पाकिस्तानको पत्रिका नवा-ए-वक्तका अनुसार खानले भनेका छन्, ‘यूटर्न नलिनेहरु नेता नै होइनन् । यो एक रणनीति हो ।’

इमरान खानको यस अभिव्यक्तिको विपक्षी पार्टीहरुले खिल्ली उडाइरहेका छन् । पाकिस्तान पिपुल्स पार्टीका नेता खुर्शिद शाहले भनेका छन्- इमरान खानले हिटलरको उदाहरण दिएर यो साबित गरेका छन् कि उनी आफैं पनि हिटलर हुन् ।

यसैगरी मुस्लिम लीग (नुन)का नेता सानिया आशिकले भनेका छन् – के इमरान खान आफूमात्र पाकिस्तानका एकमात्र नेता हुन् ? किनकी उनी यूटर्न लिन निकै माहिर छन् ।

इमरान खानको मन्त्रिपरिषदका एक मन्त्री केन्द्रीय सूचना एवम् प्रसारण मन्त्री फव्वाद चौधरीको पनि निकै मजाक उडाइएको छ । अखबार जंगले एक समाचारमा लेखेको छ, ‘फव्वाद चौधरीको ४०५ खर्बको यूटर्न सार्वजनिक भएको छ ।’

अखबारका अनुसार फव्वाद चौधरीले संसदमा भनेका थिए, केन्द्र सरकारले पछिल्लो दस वर्षमा बलुचिस्तानलाई ४२० खर्ब रुपैयाँ सहायता दिएको छ । तर त्यसको दुई दिनपछि नै फव्वाद चौधरीले भने-पछिल्लो १० वर्षमा पाकिस्तानको केन्द्र सरकारले बलुचिस्तानमा केवल १५ खर्ब रुपैयाँको योगदान दिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *