भिक्टोरियस इन्टरटेन्मेन्टको ‘आफ्टर स्कुल प्रोजेक्ट’ तथा रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौ- भिक्टोरियस इन्टरटेन्मेन्टसको आयोजनामा “After School Project” कार्यक्रम शनिवार क्लब मण्डेलामा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न १६ भन्दा बढी विद्यालहरुको सहभागिता रहेको थियो ।

काठमाण्डौ क्षेत्र नं. ३ का प्रदेश सांसद छिरिङ दोर्जे लामाको प्रमुख आतिथ्यता तथा तेन्जिङ छ्योसाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि तथा युवा नेता राजु सुनार, शक्ति समूहकी सुनिता दनुवार,  त्रीनेत्र अध्यात्म चिन्तन केन्द्रकी अध्यक्ष रेखा अर्याल, भुवन लामा, सन्ध्या सानु लगायत विभिन्न अतिथि तथा कलाकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मा कैलास बोधि, श्री मंगलदिप स्कूल, महेन्द्र बौद्ध स्कूल, सेन्चेन बिद्यालय साक्यथरीका मोनास्टीक, ताराब होस्टेल, पिस नेपाल एकेडेमि, वुईट्स एकेडेमि, कैलास होस्टेल, रनक स्कूल, H.C.F, कोमाङ होस्टेल, नाम्दो होस्टेल, साल्दाङ होस्टेल, भेन्साङ होस्टेल र होली स्प्राईट चाईलड वेलफेयर होमको सहभागीता रहेको थियो ।

कार्यक्रममा विद्यालय पछि आइपर्ने ब्यबहारिक कुराहरुको आदानप्रदान गरीएको थियो । कार्यक्रममा ट्राफिक नियमको बिषयमा ट्राफिक प्रहरीद्वारा नै जानकारी दिईएको थियो । साथै रक्तदान कार्यक्रमको पनि आयोजना गरीएको थियो ।

कार्यक्रममा विभिन्न विद्यालय तथा होस्टलवाट आएका बिद्यार्थीहरुले विभिन्न समुदायको पहिचान झल्किने साँस्कृतिक झाँकि सँगै नृत्य, गाायन, क्यारिकेचर, हाँस्यब्यंङे लगायत आफुमा भएका विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले बनाएका हस्तकलाका सामाग्री समेत प्रर्दशनीमा राखीएको थियो । प्रर्दशनमा धरहरा, बौद्ध स्तुप, मुस्ताङका गुम्बा, फिफा व्लडकपको स्टेडियम, फ्रान्सको पेरीस टावर लगायलका विभिन्न हस्तकला राखिएको थियो ।

कार्यक्रममा उपस्थित अतिथि तथा आफ्नो प्रस्तुति र प्रदर्शनी देखाउँदै बालबालिकाहरू

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *