आजबाट कपडा उद्योग बन्द यस्तो छ कारण जान्नुहोस

काठमाडौं– कपडा उद्योगीले शनिबारदेखि कपडाको उत्पादन र वितरण ठप्प पारेका छन्। सरकारले चालू आर्थिक वर्ष (आव) २०७५/७६ को बजेटमार्फत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको साबिकको व्यवस्था खोरेज गरेसँगै उनीहरु आन्दोलित थिए।

नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले मंसिर ७ गतेसम्म देशभरका कपडा उद्योगको उत्पादन र वितरण बन्द हुने ग्लोबल खबरलाइ बताए।

‘अहिले हामीले सांकेतिक रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हौं,’ उनले भने। माग सम्बोधन नभए आन्दोलनका थप सशक्त कार्यक्रम सार्वजनिक गर्ने चेतावनी उनले दिए।

व्यवसायीको यो आन्दोलनसँगै देशभरिका २ सय ५० उद्योगको उत्पादन र वितरण ठप्प हुनेछ।

सरकारले चालू आवको बजेटमार्फत उपभोक्ताबाट संकलन गरिएका भ्याट रकम संकलन गर्ने व्यक्ति आफैंले सोझै फिर्ता लिने साबिकको व्यवस्थालाई खारेज गरेको थियो।

सरकारले भ्याट फिर्ता गरेसँगै व्यवसायीहरू आन्दोलित हुँदै आएका छन्। सरकारको उक्त निर्णय पुनर्विचार गर्न यसअघि अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापनपत्र बुझाए पनि माग सुनुवाइ नभएको संघका अध्यक्ष प्रधानले बताए।

संघले गत १५ कात्तिकसम्म माग सुनुवाइका लागि सरकारलाई अल्टिमेटम दिएको थियो।

कपडा उद्योगीको यस्तो निर्णयसँगै यसको मारमा कपडा उद्योगमा आश्रित दसौं हजार मजदुर समस्यामा परेका छन्। हाल कपडा उद्योगमा करिब ५० हजार कर्मचारी प्रत्यक्ष रोजगार छन् भने डेढ लाख मानिस त्यसको आम्दानीमा आश्रित छन् ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *