मलेसियामा कामदारलाइ अलपत्र पार्ने शेर्पाको यस्तो प्रमाण : सरिनले लेखे दूतावासलाइ कार्बाहिको माग

श्री महामहिम का.राजदुत ज्यु              नेपाली दूतावास
मलेसिया ।
बिषय – दूतावासबाट हवाइ टिकट सहित दलाल पि टि शेर्पालाई कारबाही गरि पाउ सम्बन्धमा ।

महोदय , सर्बप्रथम श्रमिक म शरिन ख्युङ्वा तामाङ हाल इजरायल बाट मेरो लास्सो फ्याफुल्ला नमस्कार छ । आज म हजुरलाई इमेल गर्न बाध्य भएको छु । बिगत केही महिना अगाडि मलेसिया सरकारले आममाफी दिइरहेको बखत गैरकानुनी रुपमा  बसेका २६ जना श्रमजिवि युवाहरूलाई कागजात बनाइदिन्छु भन्दै २०००/ २५०० सय सम्म ठगी गर्ने दलाल ठग भनिएका ब्यक्ति ताप्लेजुङ हाङदेवा १ निवासी हाल मलेसिया बसोबास गर्दै ठगी धन्दा सन्चालन गर्दै आएका फुपु तेम्बा शेर्पा उर्फ पिटि शेर्पा भनिएको ब्यक्तिको बारे दूतावास परिवार यहाँहरुमा अवगत  नै छ  । दूतावासको रोहवरमा उक्त ठगिएको रकम फिर्ता गर्छु भनि गरेको प्रतिबद्धता अनुसारनै  ध्यानाकर्षण गराउदै पीडितहरुलाइ वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले दिइने हवाई टिकट जुन छ त्यो प्रदान गरिदिनुहुन अनुरोध गर्दछु ।
त्यसैअनुरूप पीडित भनिएका २६ जना युवाहरू मध्य ४ जनालाइ वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले पुरै हवाई टिकट ब्यहोरेको भयता पनि दूतावास मलेसियाले आधा मात्रै आर्थिक सहयोग गरिएको थियोे।  जम्मा ७०० रिङ्गेट यत्ती नै होला नि भनेर ती ४ जना नेपालीहरु नेपाल फर्किसकेको छन । पुनः बाकिरहेका २२ जना मध्यका चार जना युवाहरूले दूतावासकै सल्लाह बमोजिम   हवाई टिकट दूतावासले सहयोग गर्नेछ तपाईंहरु अध्यागमन गएर ३१०० जरिवाना तिरेको कागजात लियर आउनु भनिएपपछि ४ जना गणेश बि क , पुर्ण बहादुर महत्रा , जित बहादुर कुमाइ र तिलक बहादुर स्याङतान ले दूतावासले अब सहयोग गर्ने भयो भनेर खुशी हुँदै आफुहरु सङ्ग एक पैसा नभएकोले उनीहरुले नेपालबाट जरिवाना रकम झिकाएर कागज बनायर दूतावास पुनः जादा
दुुुतावासले हवाई टिकट दिन नसक्ने बताए पछि तनावग्रस्त भयर हारगुहार मागिरहेका छन । तर सहयोग कतैबाट पाएका छैनन् । बाकी रहेको ५ दिन भित्र मलेसिया छोड्नुपर्ने भएको हुँदा त्यतिन्जेल भित्र हवाई टिकटको पैसा जोह गर्न सकेन भने त्यो गरिब पीडितहरुको ३१०० त्यसैखेर जाने छ । दूतावासले शुरु मै टिकटको सहयोग गर्छौ भन्नै नहुने थियोे । दिन्छु भनिसके पछि दिन सक्दैन भन्नु दूतावासको गैरजिम्मेवारी स्पष्ट देखिन्छ । उनीहरुको भावनासङ्ग खेलवाड गरेको बुझिएको हुदा हाल यी ४ युवाहरूलाई आइपरेको जुन समस्या छ । त्यो समस्या समाधान गरिदिन हुन  हार्दिक अनुरोध गर्दछु ।
र माथी उल्लेखित युवाहरूलाई यदि दूतावासले हवाई टिकट दिन सक्दैन भन्नुहुन्छ भने छिटोभन्दा छिटो  ३ दिन भित्र दलाल फूपू तेन्वा शेर्पा उर्फ पिटि शेर्पाले दूतावासको प्रत्यक्ष सहभागितामा फिर्ता गर्छु भनि गरेको प्रतिबद्धता थियो । त्यो पैसा फिर्ता दिलाउन दूतावास आफ्नो जिम्मेवारीबाट पछाडी नहटि दिनहुन हार्दिक अनुरोध गर्दछु ।अन्तमा मेरो मनमा खड्केको केहि सवालहरु छ । मलेसिया दूतावासलाई मलेसियामा मै भएका २२ वटा संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि ज्यु हरु लगाएत विभिन्न समाजसेवीहरुको उपस्थितिमा दलाल भनिएका ठग पिटि शेर्पालाई प्रमाण सहित कारबाही हुनुपर्छ गर्नुहुन दिइएको लिखित प्रेष बिग्यप्ती उपर आजसम्म यहाँहरु लगायत नेपाल सरकारले आजसम्म कारबाहीको दायरामा ल्याउन नसक्नु दु:खद छ । उल्टै पीडित २६ जना नेपालीहरुलाइ पिटि ले च्यालेन्ज दिदै हिड्दा दूतावास मलेसियाको मौनतालाई के भनेर बुझ्न सकिन्छ हामी श्रमिकहरुले ?
त्यसैगरी अक्टोबर २५ तारिख नेपाल गएका ४ जना नेपालीहरुलाइ दूतावासबाट ७०० रिन्ङ्गेट दिइयो त्यो के कारणले दिइयो आधा मात्रै रकम ? जबकि वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले नै अबैधानिक तवरले बस्दै आएका नेपाली श्रमजीवी युवाहरू स्वदेश फर्कन चाहन्छ भने उक्त देशलाइ तिर्नुपर्ने जरिवाना रकम तिरेपछि बोर्डले नै टिकट ब्यबस्थापन गरिएको प्राबधान हुदाहुदै दूतावास किन चुक्दैछ ? ती अबैधानिक तवरले बसेका नेपाली युवाहरूलाई सहयोग गर्नको निमित्त जसले देशको लागि रातो दिन नभनेर रेमिटान्स पठाइएका छन उनिहरुलाई नै समस्या आइपर्दा सहयोग गर्नको लागि सकुशल स्वदेश फिर्ता गराउनको निमित्त किन ढिलाइ हुनुहुन्छ ? मैले बुझ्न सकिन ? धन्यवाद
( निवेदक श्रमिक शरिन ख्युङ्वा तामाङ )

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *