कमाउन परिवार छोडेर मलेसिया पुगेका नेपालीलाई नेपालीले यसरी ठगे पीडित दुतावास पुगे उजुरी लिएर

काठमाडौं – घर परिवारलाई छोडेर केही कमाउँन भनि सात समुन्द्र पारि पुगेका नेपाली त्यहाँ पनि नेपाली वाटै ठगिन्छ भने न्याय कहाँ पाइन्छ ? यो प्रश्न हो मलेसियामा हालसम्मै कै ठुलो ठगिमा परेका पीडितहरुको साझा प्रश्न हो । यसरी ठगि गर्ने व्यक्ति हुन् फुपु तेम्बा शेर्पा ।
मलेशियाकै इतिहासमा सबैभन्दा ठुलो ठगी कारोवार गर्ने दलाललाई कार्वाही गर्न र पीडितहरु लाई न्याय दिलाउन इमेल समेत गरिएको छ ।
ताप्लेजुङ हाङदेवा १ शेर्पाले गैरकानुनी रुपमा बसोबास गर्न वाध्य भएका नेपालीहरुलाई प्रलोभनमा बारी ठगेका हुन् । मलेसिया यसरी नै ठगि गरेर बसेका शेर्पाले करिव २५ जना नेपालीलाई दुई हजार देखि २५ सयसम्म रकम उठाएर ठगी गरेका हुन् । मलेसियास्थित नेपाली दुतावासमा आफ्नो पहिचान रहेको र त्यहाँवाट कागजात बनाई नेपाल फर्काइदिने भनि उनीहरुसँग शेर्पाले ठगि गरेका हुन् । घर फर्केर परिवार भेट्न पाउने आसमा लगानी गरेको उनीहरु त्यती वेला दङ्ग परे जव शेर्पा ठग भएको मेसो पाए । रकम खाएर शेर्पा सम्पर्क विहिन भएपछि पीडितहरुले दुतावासमा समेत उजुरी हालेका छन् । राजदुतलाई सम्वोधन गर्दै उनीहरुले यस्तो उजुरी हालेका हुन् । शेर्पाले करिव ६० हजार रिङ्गेट ठगेका छन् । यो नेपाली रकममा हिसाव गर्दा करिव १७ लाख रुपैया हुने गर्दछ । घर आउँनलाई टिकटसम्म काट्न ऋण गर्नु पर्ने अवस्थामा रहेका उनीहरु यसरी ठगिएका हुन् । 

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *