अन्तर-विद्यालय प्रतिभा प्रस्फुटन कार्यक्रम गर्दै भिक्टोरियस इन्टरटेनमेन्ट

काठमाडौ-  भिक्टोरियस इन्टरटेन्मेन्ट ले मंसिर १ गते शनिबार काठमाडौको कपनमार्ग स्थित रामहिटिको क्लब मण्डलामा बृहत अन्तर विद्यालय प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली काङ्ग्रेसका युवा नेता तथा पुर्व स्वास्थ्यमन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा १५ भन्दा बढी निजि तथा सरकारी विद्यालयका बालबालिकाहरूले सहभागिता जनाउने छन् । 

कार्यक्रममा सहभागी बालबालिकाहरूले आफुभित्र रहेको जुनसुकै प्रतिभा पनि प्रस्फुटन गर्न सक्नेछन् साथै विभिन्न क्षेत्रका सम्बन्धित विज्ञहरुद्वारा अभिप्रेरणात्मक प्रशिक्षण समेत प्रदान गरिने कार्यक्रमका संयोजक तेन्जिङ छ्योसाङले ग्लोबल खबरलाई जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न बिद्यालयका बालबालिकाहरूले आफुभित्र रहेको प्रतिभा प्रस्तुत गर्न पाउँने हुँदा त्यसबाट उनिहरु भित्र रहेको आत्मविश्वास अझै बढ्ने र प्रतिभा सँगै व्यक्तित्व विकासमा समेत महत्त्वपूर्ण मद्दत पुर्याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको संयोजक तेन्जिङ छ्योसाङले बताउनुभयो । 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *