समृद्धि माग्दै तीन किलोमीटर घस्रीए विराटनगरका मेयर

विराटनगर — विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली तीन किलोमिटर घस्रिँदै घाट पुगेर छठपुजा गरेका छन् ।

उनी विराटनगरको समृद्धि र शान्तिका लागि घिस्रिएर साष्टांग दण्डवत गर्दै शिव पञ्चायत मन्दिरबाट परोपकार घाट पुगे ।

मेयर पराजुलीले मंगलबार दिउँसो साढे १२ बजे दण्डवत यात्रा आरम्भ गरेका थिए। उनलाई तीन किमि यात्रा गर्न साढे तीन घन्टा लागेको थियो ।
उनीसँगै भतिजाहरु प्रमिस र मनीष पनि घस्रिएरै घाट पुगेका थिए ।
पराजुली पहेँलो वस्त्र लगाएका थिए ।

परोपकार घाटमा सपरिवार नदीमा पसेर अस्ताउँदो सुर्यलाई अर्घ दिए । उनी अघिल्लो बर्ष पनि घस्रिएर छठ पुजाका लागि घाट गएका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *